मेरो शुभ कामना

-सागरिका

कोही भन्छन दसैं आयो

कोही भन्छ्न दशा

कोही भन्छन खाउँला पिउँला

कोही भन्छन यो दसैं टार्न

हरे ऋण कताबाट ल्याउँला ?

जे जस्तो भए नि

यो राष्ट्रिय पर्वमा हजुर सबैमा

मेरो मुरी मुरी शुभ कामना

नपरोस ऋण कसैलाई

आँखा कसैको नम नहोस

कसैको नि भुण्टे च्याण्टे

खाली पेट सुत्न नपरोस

मेची देखी महाकाली सम्म

सबैको घरमा चुल्हो जलोस

सबैको घरको खाली भाडा

अन्न पातले भरी रहोस

मंगल् रहोस सबको घरमा

सबैको ओठमा हांसो फुलोस

कोशीको पिडा भोगी रहेका

सबै नेपालीलाई यो दशैले

मलहमको काम गरोस

अब कुनै नेपाली भाइ

दुबईमा भौंतारिन नपरोस,

अब कुनै नेपाली भाईले

ईरानको पिडा खप्न नपरोस

शान्ति फलोस फुलोस

अब सधैं नै यो देशमा

चारैतिर खुशीयाली रहोस

अब कुनै आमाको कोख

कुनै बैरभावले खाली नहोस ।

शुभ कामना शुभ कामना

नेपाली सबमा धेरै धेरै शुभ कामना

आफु बिर्सि देश बनाउने

भावना जन्मुन यि नेताहरुमा

नेपाल आमालाई पनि

यही छ मेरो शुभ कामना

तपाइँको प्रतिक्रिया