मोहन बैद्दले भाँजो हाले

नेकपा एकताकेन्द्र मसाल (प्रकाश) र नेकपा (माओवादी) को एकतामा म्  माओवादीका कट्टरपन्थि भनेर चिनिने मोहन बैद्द बाधक insp_4.JPGबनेको माओवादी श्रोतबाट थाह भएको छ । बैद्दकै कारणलेगर्दा माओवादी र नेकपा मसाल एकताकेन्द्रबिच एकता हुन नसकेको माओवादी भित्रका नरमपन्थि भनेर चिनिने प्रचण्ड र डा बाबुराम भट्टराई र अर्को समूहका महासचिव नारयणकाजि श्रेष्ठ (प्रकाश) पक्षले आरोप लगाउने गरेका छन । नरमपन्थिहरुको भनाईमा ति दुई पार्टीबिच झण्डै ६ हप्ता अगाडिनै एकता भइसक्नेगरि अन्तिम निर्णय गरिएको थियो । तर माओवादी पार्टीका कट्टरपन्थि पक्षका शक्तिशाली नेता मोहन बैद्द (किरण) ले एकता केन्द्र मसाललसँग पार्टी एकतागर्न आनाकानी गरेपछि अबरुद्द भएको बताइन्छ । श्रोतका अनुसार बैद्दले प्रकाशलाई “हाम्रै पार्टीभित्रै अन्तर्द्वन्द चलिरहेको छ । तपाईको यस्तो अवस्थामा आएर के गर्नुहुन्छ ? “भन्दै प्रकाश पक्षलाई हच्काएका थिए ।

बैद्द पक्षले त्यसो गर्नुको मुख्य कारण अहिले माओवादी पार्टीमा उनीहरु नरमपन्थिहरुसँग अन्तरपार्टी संघर्ष गरिरहेका छन । त्यो पक्षबिच अहिले चर्को द्वन्द चलिरहेको छ पार्टीलाई अब कता लाने र नेत्रित्व कसले लिने भन्ने विषयमा । र उनीहरु जित्न सक्ने अवस्थामा नभएपनि कमजोर भने छैनन । तर यदि प्रकाशसँग एकता भयो भने प्रचण्ड र बाबुराम पक्ष बलियो हुनेछन । किनभने प्रकाश पक्षधरहरुका लगभग सबै नेता प्रचण्ड पक्षधर छन ।

तपाइँको प्रतिक्रिया