भगवान रामको जन्मस्थल बिवादबारे केहिबेरमा फैसला हुँदै

अपडेट:  भारतको इलाहाबाद उच्च न्यालयले बिवादित अयोध्या क्षेत्र रामको जन्मभूमी भएको फैसला सुनाएको छ । तिन जना न्याधिश मध्ये तिनै जनाको एम मतले उक्त फैसला सुनाइएको हो । फैसला हजारौं पानाको भएकाले त्यसका सबै दफाहरु पढेर ब्याख्या गर्न, तिनलाई स्पष्ठ पारेर कार्यान्वयनमा ल्याउनलाई तिन महिनाको अवधि तोकिएको छ । त्यसैले हाललाई सो क्षेत्र अहिलेकै अवस्थामा राख्नपनि अदालतले निर्देशन दिएको छ । बाबरी मस्जित भएको क्षेत्र रामको जन्मस्थल हो भनेर फैसला सुनाएपनि उक्त अयोध्या क्षेत्रलाई भने हिन्दू र मुस्लिम दुबैले भाग लगाउने फैसला दिएको छ ।   यस अघि हिन्दू र मुस्लिम दुबैले आआफ्नो लागि मात्रै हुनु पर्ने दाबी र अडान लिँदै आएका थिए । सरकारले अदालतको फैसलालाई सबैले स्विकार गरेर कानूनी राज्यको पालना गर्न आग्रह गरेको छ ।               

 सतर्क रहनुस् है नेपालमा पनि

बाँबरी मस्जित काण्ड भनेर बुझिने विवादास्पद काण्डबारे अहिले स्थानिय समय अनुसार साँढे तिन बजे निर्णय हुँदै छ । हिन्दूहरुले देवता रामको जन्मस्थल मान्ने अयोध्या क्षेत्रमा रहेको बाबरी मस्जित सोह्रौं शताब्दीमा भारतका मुगलले रामको मन्दिर भत्काएर  बनाएका थिए । त्त्यो बेला देखिनै यो बाबरी मस्जित बिवादित रहँदै आएको छ । हिन्दूहरुले बाबरी मस्जित पहिले देखिनै त्यो हिन्दूहरुको पवित्र थलो रहेकाले आफ्नो हुनुपर्ने दाबी गर्दै आएका छन् । उता मुस्लिमहरुको भने हाल मस्जितनै रहेकाले उनीहरुले त्यहाँ पूजा गर्दै आएका छन् । आज यसै विषयमा उत्तरप्रदेशको इलाहाबाद उच्च अदालतले फैसला सुनाउँदै छ । त्यो फैसला केही बेरमा हुँदै छ । जसको पक्षमा भएपनि यसले ठूलो द्वन्द र विवाद अनि हिंसा भड्किन सक्छ । जसको पक्षमा फैसला गरेपनि बिरोधी पक्षले सहजै मान्ने छैन । हिन्दू र मुस्लिम बिच यदि भारतमा हिंसा भड्क्यो भने त्यसको असर नेपालमा त पर्छ नै विश्वभरिनै त्यसले प्रभाव पार्ने छ ।

यो मुद्दामा तिन उच्च न्यायाधिशहरुले गरेको बहसको फैसला सुनाइने छ । तिन जना मध्ये दुई जना हिन्दू र एक मुस्लिम हुन् । त्यो मुद्दा फैसलाका लागि भनेर २१ वर्ष न्याधिशहरुले बहस गरिसके । त्यो ठाउँ कसको हो अदालत फैलसा देओस् भनेर माग उठेको छ । १८ जना न्याधिस बदलिसके । यो बाबरी १५२८ मा बनेको थियो । बिवाद लम्बिँदै जाँदा १८५३ मा हिन्दू र मुस्लिमबिच हिंसा भएको थियो । हिन्दू र मुलिमबिच द्वन्द हुने भयले १९४९ देखि सरकारले बाबरी मस्जिदको मूल ढोका बन्द गरेर राखेको थियो ।

१९८४ मा विश्व हिन्दू परिषदले राम जन्मभूमीलाई स्वतन्त्र गर्ने भनेर आवाज उठायो । त्यसपछि त्यो कुरालाई भारतीय जनता पार्टीले समेत स्विकार गर्‍यो । त्यो बेला भारतीय जनता पार्टीका सद्स्य तत्कालिन ग्रिह मन्त्री लालक्रिष्ण अडवाणीले नेत्रित्व लिए त्यो स्वतन्त्र गराउने । १९८६ मा त्यहाँको जिल्ला अदालतले ढोका खोल्नुपर्ने निर्णय सुनायो हिन्दूहरुलाई पूजा गर्न दिनको लागि । तर मुसलमानहरुले हाम्रो ठाउँ हो भनेर बिरोध गरे । फेरी १९८९ मा विश्व हिन्दू परिषदले रामको मन्दिर बनाउने भनेर अभियान शुरु गर्‍यो । दुई पक्षले आफ्नो अडान छोडेनन् । हिन्दू र मुस्लिमबिच थप बिवाद बढ्यो ।

त्यसपछि ६ डिसेम्बर १९९२ मा विश्व हिन्दू परिषदले आफ्ना कार्यकर्ता लगेर बाबरी मस्जित भत्काए । त्यसबाट हिंसा भड्कियो हिन्दू र मुस्लिमबिच । बीबीसीका अनुसार त्यो दंगामा २००० मारिए । त्यसपछि पनि यो विवादमा पटक पटक दंगा भएका छन् । हिन्दूवादीहरु जसरिपनि त्यहाँ फेरी राम मन्दिर बनाउने अडानमा छन् भने मुस्लिमहरु जुनसुकै मूल्य चुकाएरपनि नदिने आफ्नो अडानमा ।

संभावित दंगालाई मध्यनजर गरेर सरकारले उत्तरप्रदेश राज्यमा मात्रै दुई लाख सुरक्षाकर्मीलाइ तयारी अवस्थामा राखेको छ । मोबाईलबाट म्यासेज पठाउन बन्द गरिएको छ । भिडका भिड भएर हिँड्न प्रतिबन्ध लगाइएको छ ।  यसको फैसला सुन्न विश्व भरिका मेडिया अहिले अलाहावाद उच्च  न्यायालय अगाडि थुप्रिएका छन् । सन् १९४७ मा भारत ट्क्रिएपछि भएका उच्च सुरक्षा जोखिम मध्ये यसलाई मेडियाहरुले एक प्रमुख भनेका छन् । यो फैसलापछिको शान्ति सुरक्षा ब्यवस्थाले भारतको सुरक्षा कस्तोछ भन्ने अग्निपरिक्षा हुने चर्चा सर्वत्र गरिएको छ ।

अहिले अयोध्या क्षेत्र पुरै शान्त रहेको र सारा जनताको ध्यान अदालतको फैसला सुन्न केन्द्रित रहेको छ । अदालतले यदि त्यो क्षेत्र कुनै एक पक्षमा फैसला गरेमा त्यसले ठुलो धार्मिक दंगा फैलाउन सक्ने आशंका गरिएको छ ।  संभावित हिंसालाइ मध्य नजर गरेर हेलिकोप्टरहरुले निगरानी गरिरहेको पनि सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

केन्द्रिय सरकारले हिंसा भड्किएमा त्यसलाई नियन्त्रण गर्न सम्पूर्ण तयारी गरेको बताएको छ । सञ्चार माध्यमहरुलाई नारा जुलुस, राँके जुलुस लगायतका विषय नउठाउन, संयमतापूर्वक समाचार दिन, समाज भड्काउने, कुनै एक धर्मको पक्ष लिने खालका समाचार नदिन सचेत गराएको छ ।

तपाइँको प्रतिक्रिया