दशैं आयो !!!

-अनुकुल प्रकाश  

त्यागौ सब्ले रिसराग साथै मनको मैलो, दशै आयो


नयाँ युगमा नयाँ नेपालको हेर पहिलो, दशैं आयो !! 

 दर्पण झै छ साझा चाह शान्ती मात्र नेपालीको

नहोस् है त कतै साथी भाँड- भैलो, दशै आयो !!

 

नयाँ युगमा नयाँ नेपालको हेर पहिलो, दशैं आयो !!!

 

प्रण गरौ सब मिली स्वच्छ समाज निर्माणको

छोडौ जुवातास छोडौ  जाँड्को घैलो, दशै आयो !!


नयाँ युगमा नयाँ नेपालको हेर पहिलो, दशैं आयो !!! 

मेची-काली तराइ-पहाड छरिएका हामी नेपाली

एकजुट भै मिली मनाऔ कालो-कैलो ,दशै आयो !!


नयाँ युगमा नयाँ नेपालको हेर पहिलो ,दशैं आयो !!! 

सुख सम्रीद्दी सबतिर छाओस प्रार्थाना गरौ भवानीको


स्वागत गरौ खुला राखी मनको दैलो, दशै आयो !!


नयाँ युगमा नयाँ नेपालको हेर पहिलो, दशैं आयो !!!

   ।।(साथै नेपालप्लस हेर्नुहुने सम्पूर्ण साथीहरुमा, ददी जि, नेपालप्लस टिम र सम्पूर्ण नेपालीहरुमा हिन्दूहरुको महान पर्व बडा दशै एवम्  शुभदिपावली को अवसरमा हजुरले चालेका पाईलाहरु सधैं सफलताको सिखर चुम्न सकोस भनी मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु अनुकुल प्रकाश ) चितवन, संपर्क [email protected]  (अनुकुलजी लाई धेरै धेरै धन्यावाद-नेपालप्लस) ।

तपाइँको प्रतिक्रिया