स्वर्ग झैं लाग्छ

-दिलिप योन्जन / अस्टिन, अमेरिका

स्वर्ग झै लाग्छ, यो देश मेरो, देश कै माया छ

विश्व मै अग्लो, यो सिर मेरो, विश्व मै नाम छ ।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

पाहाड र पर्वत, झरना र खोला, सुन्दर शान्त वन

विश्वमा शान्तिको, उपदेश दिने, बुद्धको आफ्नो घर

खेलें र हुर्कें, भिर र पाखा, त्यै देशको माया छ

विश्व मै अग्लो, यो सिर मेरो, विश्व मै नाम छ । 

  °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

बिरको सन्तान,विश्वलाई जित्ने, विश्वास हाम्रो छ

देशको लागी,  रगत दिन, नेपाली तयार छ

डाँफे र मुनाल, दौरा र सुरुवाल, देश कै पहिचान छ

विश्व मै अग्लो, यो सिर मेरो, विश्व मै नाम छ ।

तपाइँको प्रतिक्रिया