नेपाली भान्छामा फ्रान्सेली मन्त्री

(दाहिनेबट दोस्रो फ्रन्सेली मन्त्री, पहिलो उनैकी पत्नी आल्बान, तेस्रो हाम्रा राजदूत मोहनक्रिष्ण श्रेष्ठ र उनकी पत्नी सजना श्रेष्ठ । आफु बिदेशी खाना रुचाउने ब्यक्ति भएकोले नेपाली खानापनि औधी रुचाएको बताए मन्त्रीले ।)

फ्रान्सेली मन्त्रीहरु फूर्सदिला छैनन् । समाजको उन्नती र देशको विकासकालागि अहिलेपनि तिनलाई अहोरात्र खट्दैमा फूर्सद छैन । सानातिना औपचारिक कार्यक्रमको निम्तो त झन तिनालाई अक्ति आउँछ कति । तर हत्तपत्त त्यस्ता कार्यक्रममा देखिँदैनन् ती । तर फ्रान्सेली एक मन्त्रीले भने एउटा नेपाली रेस्टुरेन्टको उद्घाटनमा आइपुगे । अनि नेपाली भान्छाको प्रशंसा गरेर गए । फ्रान्सेली भाषालाई ठ्याक्कै नेपालीमा अनुवाद गर्न त मुस्किल छ तर उनी थिए रोजगार, ऐक्यवद्दता र सामाजिक कार्यकालागि नियुक्त मन्त्री जर्ज थ्रों । उनी सोमबार पेरिससँग जोडिएको एस्सोन जिल्लामा तारा मानन्धर र सुक बहादुर तामाङले खोलेको सगरमाथा नाम राखिएको रेस्टुरा उद्घाटन गर्न आइपुगेका थिए । रेस्टुरेन्टको नेपाली खाना पाक्ने भान्छा सम्म नियाल्न भ्याएका थिए उनले ।

औंलामा गन्न सकिने थोरै नेपालीलाई मात्रै त्यहाँ निम्ता गरिएको थियो । संयोगले म पनि परें । मैले धेरै कुरा बुझ्न पाएँ । मन्त्री कसरि आए, कस्तो गतिबिधी गरे ? के भने ? हाम्रा मन्त्री र फ्रान्सेली मन्त्रीका बिच कस्तो भिन्नता लाग्यो ? मन्त्री र हाम्रा राजदूतबिच के कुरा भयो ? नेपाली खानाबारे मन्त्रीले के के सोधे ? सबै जान्नलाई अर्को ब्लग पर्खिनुस् है त ? आज चाहिँ फोटो फिचर हेरिहाल्नुस् ।

खाना खाइसकेपछि समूहगत तस्बिर खिचाउँदै । दाहिनेबाट तिनै मन्त्री, दोस्रो तारा मानन्धर, तेस्रो हाम्रा राजदूत पत्नी सजना, त्यसपछि हाम्रा राजदूत, त्यसपछि ताली पिट्ने महिला नगरपालिका प्रमुख मार्गते क्याथरिन र सायद अन्तिमका चाहिँ मन्त्रीका सचिव हुन् क्यारे । अन्तिमका ब्यक्तिको पहिचान चाहिँ अलि गर्न सकिन है !

मन्त्री पत्नीका छेउका दुई युवती उनैका छोरी । सपरिवार आएका ।

रेस्टुरेन्टको भित्रि द्रिष्य ।

स्वयम्भुनाथको चैत्यमा झैं पुरै नेपाली पाराको झल्लर सल्लर छ । बाहिरबाटै असाध्यै आकर्षक देखिन्छ । यो रेस्टुरेन्ट देख्नासाथ नेपालसित संबन्धित भनेर टाढैबाट अलग्गै छुट्टिन्छ ।

मेयरलाई नेपाल जानुपर्छ, फ्रान्सेलीहरुलाई आकर्षण गराउनुपर्छ भनेर नेपालका तस्बिर र पोष्टर देखाउँदै थिए तारा मानन्धर र हाम्रा राजदूत मोहनक्रिष्ण ।

एउटा राम्रो पक्ष के भने मन्त्री बोलाइसकेपछि आफ्नो फाइदा मात्रै नहेरेर नेपालको बारेमापनि निकै प्रवर्धन गर्न खोज्दै थिए । तारा दिदी मन्त्री पत्नीलाई नेपालका तस्बिर देखाएर ब्याख्या गर्दै थिइन् ।

नेपालका हिम श्रिङ्खला, प्राक्रितिक सुन्दरता, सांस्क्रिति लगायत अनेक द्रिष्यावली र भिडियोहरु पनि त्यहाँ आउने फ्रान्सेलीहरुकालागि राखिएको थियो ।

हामी दुई देशका नागरिक, दुई देश र हामी हामी बिचको संबन्ध यस्तै सुमधुर रहिरहोस् है त ? अनि पो यसरि अँगालोमा  न्यानो माया राखिरहन पाइन्छ ।

तपाइँको प्रतिक्रिया