“क्रान्तिकारी गजल”

-अनुकुल प्रकाश,चितवन 

गाइने दाई रेट्दैछन है सारङ्गिको तार
 

मेची-काली सुसाउँदै छ लगाउँदै नारा !!

रामखेलावन बढ्दैछ रे हातमा बोकी भाला
 

विक दाइले धार लाउँदैछन खुकुरी र आरा !!
 

सामन्तवाद शासनको जालो पन्छाउँनलाई
 

जुर्मुराउँदै उठ्दैछन् रे गाउँ-वेँशी सारा !!

 

बेला भयो कोर्ने अब नयाँ  इतिहाँस
 

लौ न! उठौ हामीपनि तिर्न देशको भारा !!

 

अन्त्यगरी शोसकहरु जे-जतिछन सारा
 

बोक्नुपर्छ हामीले नै देशको अभिभारा !!   

(साथीहरु यसलाई नारा लगाएजस्तै चिच्याएर पढ्नुभएमा भित्रैदेखि जोश आउँछ। धन्यबाद !)

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन। जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ  लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनुभन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस)

तपाइँको प्रतिक्रिया