गज़ल
-क्रिष्ण प्यासी, दुबाई
गज़ल भित्र प्यारी सानु, मर्न मन छ तिम्रो लागि.
सेर अनि रदिफमा, सर्न मन छ तिम्रो लागि.
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
जीन्दगी त सुम्पेकोछु, गज़लमा किन हट्थे,
छोडी संसार काफियामा, तर्न मन छ तिम्रो लागि.
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
कहिले दु;ख कहिले सुख, जीन्दगी यो यस्तै रैछ,
साँघु बनाई गज़लबाट, तर्न मन छ तिम्रो लागि.
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
गज़ललाई प्रेम गरें, तिम्रो यादलाई थमाउँदै,
गज़ल झर्ना बनि सानु, झर्न मन छ तिम्रो लागि.
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
मर्नु परे जल्नु परे, जिन्दाबाद छ गज़ल साथी,
मर्नु अघि सानु गज़ल, भर्न मन छ तिम्रो लागि.




