मेरो परिचय

-कृष्ण मणी अधिकारि / बेल्जियम

म यो धर्ती को कोखमा हिँडिरहेछु

आसै आसाको भकारीलाई अँगालेर

मानिसै मानिसको भिड मा आफुलाई अमर सम्झिएर

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°

म गन्तब्य बिनाको गोरेटोमा हिँडिरहेछु

सायद कोही इष्ट को ईशाराले बोलाएर

आफ्नै आफ्ना को बिचमा नजानिधो काँडा बनेर

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°

म नाम बिनाको परिचय दिदै हिँडिरहेछु

सायद आँफैले आँफैलाई नचिनेर

मनुष्यै मनुष्य को बिचमा कसैले आफुलाई औंल्याएर

°°°°°°°°°°°°°°°°°°°°°°°°°° 

म समय लाई कुल्चिएर हिँडिरहेको छु

उर्फ त्यो सत्यलाई बिर्सिएर

काँडा बिनाको फुल पनि कतै फक्क्रिन्छ कि भनेर

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°

म विलासिताको  भुमरिमा घचेटिएको छु 

काल्पनिक चरम खुशी ले धकेलिदिएर

सायद जीवनको अन्त्यलाई बिर्सिएर

°°°°°°°°°°°°°°°°°°°°°°°°°° 

म त्यो डर लाई टाढा भगाई रहेछु

कतै विपनी सपनी पो हुन्छकी भनेर

कतै एकान्त मा रुन पर्छ कि भनेर

कतै एकान्त मा रुन पर्छ कि भनेर !

तपाइँको प्रतिक्रिया