आँशु खप्न गाह्रो हुन्छ…………
-विद्या सापकोटा ‘निर्जला’
अनु !!!
तिमी मलाइ भावनामा बगेको देख्छौं
यथार्थ निहाल्ने हो भने, म कहाँ सम्हालिन सक्छु र ?
तिमी मलाइ कल्पनामा रमेको सोच्छौं
चाहन्थे आफैभित्र रमाउन, त्यो सौर्न्दर्य नै कहाँ छ र ?
तिमी मलाइ सपनामा डुबेको भन्छौं
भनत, मसँग रम्न मिल्ने विपना नै कहाँ छ र ?
म जीवन ढल्न दिन नसकेर ,
त्यसै त्यसै (प्वाँख काटिएको चरी झै) भट्भटिदैछु ?
ए अनु ! सम्झ त,
कस्तो थियो त्यो पल कुन्नी,म तिमी मै हराइदिन्थे
त्रि्रा वातहरु सुन्दै रमाउँदै, कयौंपल बिताइदिन्थे
तिमी आकाश निहार्दै, चाँदनी ममा खोज्थ्यौं
भविष्यको खाका कोर्दै, मायाका मिठा भाका फोर्थ्यौं ?
ढुकढुकिन्थ्यौं तिमी , धड्कन ममा चल्थ्यो
रात थियो निष्पष्ट, उल्यालिदै प्रेम दिप बल्थ्यो
विश्वास थियो, आस्था थियो, मिठा मिठा सपना थियो
डाँह गर्थे साथि संगी, हाम्रो प्रेम अटुट थियो ..
फेरी, एकदिन यस्तो आयो,
साच्चैं ‘अनुकूल’ निस्कियौं तिमी, उडि गयौं वादल माथी
भक्कानिदै रुदै बसे, एकान्त नै मेरो साथी
बहार थियौ तिमी मेरो, शिशिर मेरो भागमा प-यो
जून तिम्ले लगिहाल्यौं, शित सँगै आँशु झ-यो ..
अनि,
भ्रमर गयो चुम्नु-चुमि , फूल त्यसै बदनाम भयो
बाँकि रहेन केही कतै, जीवन जड उजाड बन्यो ..
आश ढल्यो सास ढलेन, कल्पना मै थाले जीवन
सपना रित्तिए रात रित्तिएन, नआउ ‘अनु’ अब अल्झाउन
कुरा तिमी मिठो गर्र्छौ, पापि विगत बल्झिदिन्छ
पर्दा भित्र दोष छोप्छौं, घायल मुटु अल्झिदिन्छ
अहिले भन्छौ माफ गर, नसम्झिएकै हुन्छ जाती
भूइको घुलो परे म त , तिमी चम्क आकाश माथी
बाटो हाम्रो फेरिइसक्यो, बाहानाको हान्यौ लात्ति
खुले आखाँ,उत्रियो पट्टी , किन कुरा नानाभाँति
आशु खप्न गाह्रो हुन्छ, हाँस्दै बस मेरो साथी ।।।।
आशु खप्न गाह्रो हुन्छ …………..
[email protected]/[email protected]
( अनुकुल प्रकाशको “मलाई माफ गर !!!” शिर्षकमा प्रकाशित कविताको प्रतिउत्तर स्वरुप प्राप्त यो कविता त्यसैको पाठक प्रतिक्रियामा प्रकाशित थियो । धेरै पाठकबाट यसलाई मुल कवितामै प्रकाशित गर्नुपर्ने थियो भन्ने सुझाव र प्रतिक्रियास्वरुप प्रकाशित गरेकामा बिरोध जनाइएकाले फेरि मुल प्रिष्ठमा छापिएको हो -नेपालप्लस) ।