नेपालप्लसका सहयोगीको फोटो बेल्जियम भरिमै प्रथम

बिदेशमा नेपालीहरु ले स्वदेशीले छोडेका काम गर्छन् । स्रिजनात्मक कामहरुमा अघि बढ्न सकेका छैनन् । पैसाकै पछाडि मात्रै दौडिन्छन्, सिप र ज्ञान बटुल्न सक्दैनन् । स्थानिय नागरिकसित प्रतिस्पर्धा गर्ने कुरो त झन आकाशकै फल हो भन्ने विश्वासलाई कम्तिमा बेल्जियमस्थित नेपाल प्लसका सहयोगी शेरबहदुर छन्त्यालले तोडेका छन् । सन् २०१० मा खिचिएका बिभिन्न ब्यक्तिका तस्बिरहरुमा प्रतिस्पर्धा गर्दा उनको तस्बिर छानिएको हो । त्यसमा भाग लिने त्यहिँका नागरिक थिए । उनी त्यस प्रतिस्पर्धामा पुगेका एकल नेपाली हुन् । उनले खिचेको छानिएको फोटो हेर्न भित्र आउनुहोस ।

तस्बिर छनौट गर्ने काम फोटोग्राफी लोरेआट्स् भन्ने संस्थाले गरेको हो । उनले सोखका रुपमा केहि वर्षदेखि फोटोग्राफी गर्दै आएका थिए । नेपालप्लसमापनि उनले शुरुवात देखि नै तस्बिरहरु पठाउने, लेख रचना लेख्ने गर्दै आएका हुन् ।

उनको छानिएको तस्बिर यहि कुकुर हो । उनले निकै मेहनत गरेर चरा लगायत अन्य विषयका तस्बिर खिचेका थिए । आखिरमा कुकुरको तस्बिर छानियो । यो तस्बिर छानिएला भन्ने त आफुले एकरत्ती नसोचेको छन्त्यालले बताए । “कस्ता कस्ता दुख गरेर प्रक्रिति संबन्धि खिचेका अन्य तस्बिर पठाएको थिएँ, आखिर यो तस्बिर पो छानेछन्” उनले भने ।

सन् २०११ मा उनको तस्बिर लगायतका अन्य बिधामा छानिएका तस्बिरहरुको पुस्तक निकालेर सार्वजनिक गर्ने तयारी उक्त संस्तहले गरेको छ । त्यहि संस्थाले पुस्तकमा राख्नकलागि भन्दै अनुमती मागेर बिजुली पत्र पठाएपछि मात्र आफुले जानकारी पाएको बताए । उनका तस्बिरहरु बेल्जियमको दैनिक पत्रीका, नगरपालीकाले प्रकाशित गर्ने पत्रपत्रीका र अनलाईनहरुमा यस अघिपनि प्रकाशित भएका छन् । भविष्यमा यो पेशामा अझ बढि लागि पर्ने  द्रिढतापनि उनले ब्यक्त गरेका छन् ।  नेपालको सानो छन्त्याल समूहका उनको सफलताले अन्यलाई पक्कै प्रेरित गर्ने छ । भविष्यमा अझै प्रगति होस् शुभकामना !

तपाइँको प्रतिक्रिया