गित

-मोहन स्वरूप / उत्तराखण्ड, भारत

चन्द्र बस्छ आकाशमा चकोर छ धर्तीमा

यी दुईको प्रेम देख्दा को नरोला र यहाँ

चकोरको अश्रुधारा झर्छ चन्द्र देखी

घुटुघुटु आफ्नै आँशु पिउँछ एक्लै बसी

सुन्दर शशी नभमण्डलमा मुस्काएको देख्दा

झारिदिन्छ हर्षाश्रु त्यो शशी सुखी देख्दा

न सक्छ त्यो उडेर नै चन्द्रलाई छुन

फगत एकै उपाय छ हेरी हेरी रुन

चन्द्रलाई के थाहा होला चकोरको व्यथा

जुनी जुनी चल्दै आयो प्रेमको यो कथा

चकोरको आँशु देखे चन्द्रै उत्रन्थ्यो कि

जुनी जुनी नमेटिने कथा लेखिन्थ्यो कि

(चकोर एक चराको नाम हो, यसलाई लिएर संस्कृत जगतमा धेरै रचनाहरू पाईन्छन् । मैले यस शब्दलाई नेपाली जिब्रोमा पनि झुण्ड्याउने विचार गरेको हुँ है त ।)

तपाइँको प्रतिक्रिया