मृत्यु को पर्खाइमा

-कपिल अधिकारी / ताइपेइ, ताइवान

 सत्य

सास्वत सत्य,

रात र दिन !

जन्म र मृत्यु !

थाहा पाएर पनि डर लाग्छ अँधेरो को

रात को

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

 सत्य

स्वाशत  सत्य,

रात र दिन !

जन्म र मृत्यु !

थाहा पाएर पनि डर लाग्छ लाग्छ मृत्यु को

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

 आफ्नो मृत्यु को डर

आफन्त को मृत्यु को डर

परिचित को मृत्यु को डर

डर सबैलाई

पीर सबैलाई

पीडा सबैलाई

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

 तर

खै किन डर न मानि रहेछौं हामी

जलि रहेको देश को

मरासन्न  भएको देश को

त्री नेत्र त के

दुवै बन्द छन् कि हाम्रो

साँच्चै मुटु भित्र

यो देश बोकेर हिंड्ने कतिहोलान ! 

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

 आज मेरो देश

सिकिस्त छ

काल को छाया मा छ

मृत्यु पर्खिरहेछ !

ओहो !

देश पनि मर्न सक्छ

बिलाउन सक्छ

कल्पना पनि गर्न सक्दिन

तर देख्छु

सिघ्र मृत्यु को  कामना गरि रहेछन केहि

सिघ्र मृत्यु को  कार्य  गरि रहेछन केहि

मृत्यु उत्सब मनाउने तयारी मा छन् केहि

कोहि औताली खाने दाउ मा ! 

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° 

डर ,पीर ,पीडा केहि छैन हामी लाइ !

आफू  ,आफन्त र परिचित भित्र परेन  कि यो देश

हैन यो देश संग हाम्रो केहि नाता पर्दैन !

तपाइँको प्रतिक्रिया