आमालाई पत्र (भाग २)

-तिर्थ राज पाण्डेय “आँसु”  

tirtharaj-pandey.jpg

साईलो मारे माइलो मारे नमार भन्दा भन्दै 

सुन्तली को ईज्जत लुटे बाटो हिँड्दा हिँड्दै ! 

त्यो नियम त्यो चलन अझै चलिरा छ  

म जन्मेको भुमी माथि आगो बली राछ !   

को छ हाम्रो बोली दिने स्वार्थी नेता हरु  

जिउ जोगाउन गाउँ छोडे फर्केर के गरुँ !  

बोलुँ भने मारिदिन्छन भाई लाई मारी दिए 

दिन लाग्यो कि दैब लाग्यो यो हाल पारी दिए ! 

 

नफर्कनु मेरी आमा अब तिमी गाउँमा  

हप्तैपिच्छे चिट्ठी लेख्छु मैले तिम्रो नाउँमा! 

बुढा बाबु बुढी आमा मन पोल्छ मेरो 

के बिगारेमैले भन हे भवनी तेरो ! 

 

यो दसैं मा हैन आमा अर्को पाली आउँला  

सुन्तलीलाई सजाएर दसैं टिका लाउँला !  

सानो आगन सानो बारी छदैछ नि हाम्रो  

बेकसुरमा मर्नु भन्दा बिदेसिनै राम्रो ! 

माफि दिनु है सुन्तली कर्मले नै ठग्यो  

भएजती खेत बारी नि कोशी आई लग्यो  

महाकाली नेपालसंपर्क [email protected] 

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन। जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ  लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनुभन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस)

तपाइँको प्रतिक्रिया