गीत
-मोहन स्वरूप / उत्तराखण्ड, भारत
जे भने नि हुन्छ मलाई
जे गरे नि हुन्छ मलाई
सक्छ्यौ भने जाउ तिमी
पुराना ती याद भूलाई
°°°°°°°°°°°°°°°°°°°°°°°°°
तिमीसँग साधन भए
मेटाई देऊ यादहरू
बोल्नु भन्दा अब मलाई
नबोलेकै जाती बरु
°°°°°°°°°°°°°°°°°°°°°°°°°
मेटाई देऊ देउरालीका
ढुङ्गाहरू खोपी लेख्या
जलाई देऊ सलाई कोरी
जो थिए ती सपना देख्या
°°°°°°°°°°°°°°°°°°°°°°°°°
हाँसो देख्न चाहे यदि
खुशी देख्न चाहे मलाई
लिएर आऊ फूलको थुँगा
राख मेरो चिता सजाई




