फ्रान्सेली वाईन कम्पनीपछि आज बेल्जियमतिर

गत शनिवार म फ्रान्सको बोर्दो शहर गएँ । वाईनकालागि विश्वकै सायद सबै भन्दा प्रसिद्ध थलो बोर्दो । बोर्दो पुग्ने, एउटा पारिवारिक चाडमा भाग लिने, बस्ने खाने, जाने आउने यातायात पनि मिल्यो । अनि के रहेछ, कसरी बनाउने रहेछन् ? कति लाग्ने रहेछ वाईन कम्पनी बनाउन ? उत्पादनको तरिका के ? अंगुर लगाउने तरिका र नेपालमा त्यसको संभावना बुझौं, कुनै नेपालीलाई काम लाग्न सक्छ । नभए पनि आफूलाई ज्ञान हुन्छ, जानिन्छ, बुझिन्छ र घुमिन्छ भन्ने लागेर गएँ । त्यहाँ म वाईन उत्पादन गर्ने किसानकै घरमा बसेँ । उपयोगी र रमाइलो दुबै भयो । त्यसको बारेमा ब्लग लेख्न भ्याएको छैन ।

आज भने म बेल्जियम जान लागेको छु । दिउँसो हिँडेपछि साँझ बेल्जियम पुगिन्छ । त्यहाँ केही नेपालीसित अन्तर्वार्ता लिने व्यवस्था मिलाइएको छ । बेल्जियममा नेपालीहरूको निक्कै ठूलो वस्ति छ । त्यसैले त्यहाँ नेपालीहरू के कसरी बसेका छन् ? के गर्छन् ? विदेशका नेपालीमा सधैँ राजनीतिक चर्चा पाउँछ बेल्जियमले । अनि नेपालीले के कस्तो लगानी गरेका छन् । नेपालीका सफलता, असफलता, दुख, पीर र वेदना, पीडा छटपटी अनि हाँसो र रमाइलो आदि विविध विषयमा ब्लग गर्ने छु । अबका चार दिन बेल्जियमको नेपाली वस्तिबारे केन्द्रित हुने छ नेपालप्लस । अरु मित्रहरुसित जरुरी काममा बाहेक अबका कम्तिमा चार दिन नियमित सम्पर्कमा रहन नसक्ने जानकारीपनि गराउन चाहन्छु ।

पहिले बेल्जियम घुमेका साथीहरूले त्यहाँका व्यापारी र अन्य नेपालीले मलाई भेट्न खोजेको खबर दिएका थिए । त्यसरी भेट्न चासो राख्ने मित्रहरूलाई म बेल्जियमको फोन दिन समर्थ त छैन । तर यहाँहरुले नाम र फोन दिनु भयो भने म आफैँ सम्पर्क गर्ने छु । बेल्जियम यो वर्ष केही पटक आउनुपर्ने भएकोले यो पटक नसके अर्को पटक भेट्ने छु । मलाई नेपालप्लसको यो मेलमा खबर छोड्न सक्नुहुन्छ-

[email protected]

तपाइँको प्रतिक्रिया