“सुकुम्बासीका घर भत्काए मन्त्री र पार्टी दुबै चाहिँदैन”

matrika_yadav.jpgमाओवादी नेता मात्रीका यादव यस्ता ब्यक्ति भए कि उनको अस्तित्व भनेकै चर्चामा आउनु हो । उनी कुनै न कुनै विषयमा, कतै न कतैबाट चर्चामा आइनै रहन्छन । अन्तरिम सरकारमा कहिल्यै झुक्दिन भन्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगै बरु उनी झुकेनन । सेनालाई पनि उनले छोडेनन । आज फेरि उनले आफ्नो पार्टी र मन्त्री पद दुबै त्यागिदिने धम्कि दिएकाछन । बरु धम्किदिन उनले कसैलाई बाँकि राखेनन । पहिले प्रधानमन्त्री कोइरालालाई धम्कि दिएका उनले अहिले आफ्नै पार्टीका प्रधानमन्त्री प्रचण्डलाईपनि दिएका छन ।

 

अनलाइनखबरका अनुसार माओवादीले जनयुद्दकालमा कब्जामा लिएको जमिनमा सुकुम्बासीले बनाएका घर टहरा ग्रिहमन्त्रीको निर्देशनमा सुरक्षाकर्मीहरुले हिजो भत्काइदिएका थिए सिराहाको मिर्चैयामा । सुकुम्बासीहरुको कन्तबिजोग भयो । भूमीसुधारमन्त्री बनेका मात्रीका यादव आज त्यहाँ ट्याक्क पुगेर पत्रकार समेलन नै गरेछन । उनले त्यहाँ सुकुम्बासी जनताको घर टहरा भत्काएर ग्रिह मन्त्री वामदेव गौतमले नांगो नाच देखाएको भाषण ठोकिहाले । उनले भत्काइका घर टहरा फेरि निर्माण गर्ने आश्वसन दिएछन सुकुम्बासीलाई । त्यसको नेत्रित्व अब मै लिन्छु भनेर आश्वासपनि दिए । यदि त्यसमा ग्रिह मन्त्री वा प्रधानमन्त्रीले अवरोध गरे जनताको तर्फबाट प्रतिकार गरिने रे । भनेपछि ग्रिहमन्त्रीले भत्काएका टहरा उनले बनाउन लाग्दा अवरोध गरिए जनतालाई साथमा लिएर उनी ग्रिहमन्त्रीसित भिड्ने भए । अनि त्यसमा अझै अवरोध गरेछन प्रधानमन्त्री प्रचण्डले भने मन्त्री पद र पार्टी दुबै छोडेर जनतासँगै प्रतिकारमा उत्रने रे ।

बरु त्यहिँबाट उनले रोल्पा रुकुममा झैं अर्को जनयुद्द शुरुगर्ने चेतावनी पो दिएका छन ।
अनलाइनखबरले सिराहा जिल्लाबाटै लेखेको समाचार अनुसार माओवादीहरुले त्यहाँ ११ बिघा जग्गा कब्जामा लिएर सुकुम्बासीहरुलाई बाँडेका रहेछन । त्यहाँ बस्दै आएका सुकुम्बासीहरुको घर टहरा भत्काउन थालेपछि हिजो झडप भएछ तिनको सुरक्षाकर्मीसित । झडपमा दुबै तर्फका केहि घाईतेपनि भएछन । सुकुम्बासीको पक्ष लिने मूमिसुधार मन्त्री यादवको काम ठिक हो कि ति टहरा भत्काउने ग्रिहमन्त्री वामदेव गौतमको कदम ठिक ? तपाईहरुको राय के छ यसमा ?

तपाइँको प्रतिक्रिया