परदेशी छोरालाई आमाको पत्र

-अनुकूल (प्रकाश) ढकाल

बावु तिम्रो चिट्ठी पाएँ पढ्छु घरी-घरी

लुकि-लुकी एकान्तमा रुन्छु गहभरी !

यो दु:खिको तर्फबाट, मुटुभरी माया

नपरोस है कहिल्यैपनि तिम्लाई कालो छायाँ !

तिम्रा बा’नि देख्छन अरे,  सपना नानाथरी

दिदी-बहिनी सम्झिरन्छन,  तिम्लाई सधैंभरी !

आउन बावु आउन तिमी,  आउन हाम्फाली

तिमीसँगै मनाउनु छ, दसैं यस्पाली !

खोजिरन्छन घर-आगँन,  खोज्छन वन-पाखा

तिम्रो बाटो हेरी-हेरी, दुखे बुढा आँखा

चाहेन मनले शहर-रहर,  चाहेन नयाँ ठाउँ

तिमीसँगै बस्दा लाग्छ, प्यारो आफ्नो गाउँ !

मन्का व्यथा मन्मै राख्छिन,  कठै बिचरी (सुन्तली)

तिम्रै फोटो सिरानी’मा,  हुन्छ हर-घडी !

औंला भाँच्दै देख्छु सधैं,  दिन गनिराको

कसरी हेरुँ यो उमेरमा,  एक्लै टोलाइराको !

रुखो सुखो पिठो खाउँला,  सबै मिलिजुली

साग-सिस्नो पकाइ’देली,  तिम्री सुन्तली !

लागेको हो रिन बावु,  लाग्या’छैन दिन

यै माटोमा पसिना बगाइ,  फलाउँला’नी सुन !

(मंगलबार तिर्थराज पाण्डेयको कविता “आमालाई पत्र” को जवाफ मा परदेशी छोराले आमालाई लेखेको पत्र)

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन। जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनुभन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस) ।

 

तपाइँको प्रतिक्रिया