आमालाई पत्र

-तिर्थ राज पाण्डेय

tirtharaj-pandey.jpg

सन्चै छ कि मेरी आमा म खेले को कोख

कुन्नी मलाई के भो किन लाग्न छोड्यो भोक !

धेरै दिन बिती सके यो बिरानो ठाउँमा

फेरी आज पत्र लेख्छु आमा तिम्रो नाउमा !

नयाँ घर नयाँ बस्ती कस्तो लाग्यो शहर

पुग्दै छकी मेरी आमा मेरो मनको रहर!

कोमल गाथ न्यानो माया किन गाढा भयो

म जन्मेको मेरो आगन आज टाढा भयो !

हाँसी खुशी बस्छु भन्थे तर गाह्रो भयो

फोटो तिम्रो बोकेकै थे माया त्यही रह्यो !

त्यो माया नि पठाई दिनु पत्र भित्र राखी

बिरानो यो मरुभुमिमा कोही छैन साथी !

दाडिम डाली पाक्यो होला पारी पाखा माथि

अतित को सम्झनाले पोल्छ मेरो छाती !

दिन गन्छु सधैं जसो घर आउँछु भनी

के गर्दैछीन सुन्तली ले सन्चै छिनकी उनी !

महाकाली, नेपाल

संपर्क [email protected]

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन।  जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ  । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनु भन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस) ।

 

तपाइँको प्रतिक्रिया