गजल
-भीम के सी कमल
आँधी बनी आयो माया, हुरी बनी आयो
मुटु टुक्रा टुक्रा पार्ने छुरी बनी आयो ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°
पथ कंटकमय अति, विषम गन्तव्यको
चढाइ कहिल्यै नटुंगिने धुरी बनी आयो ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°
सन्तुलनमा नआएको, तुलो जिन्दगीको
जब माना पाथी चाहेँ मुरी बनी आयो ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°
नदीका दुई किनार सरी, सह यात्रा अचेल
प्रारब्धको खेल हो कि दूरी बनी आयो ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°
कता जानु न्याय माग्न, द्विविधा मन भरी
‘भीम’ लाइ घात गर्ने फेरी ‘जुरी’ बनी आयो ।





