गजल

-भीम के सी कमल

आँधी बनी आयो माया, हुरी बनी आयो

मुटु टुक्रा टुक्रा पार्ने छुरी बनी आयो ।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°

पथ कंटकमय अति, विषम गन्तव्यको

चढाइ कहिल्यै नटुंगिने धुरी बनी आयो ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

सन्तुलनमा नआएको, तुलो जिन्दगीको

जब माना पाथी चाहेँ मुरी बनी आयो ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

नदीका दुई किनार सरी, सह यात्रा अचेल

प्रारब्धको खेल हो कि दूरी बनी आयो ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

कता जानु न्याय माग्न, द्विविधा मन भरी

‘भीम’ लाइ घात गर्ने फेरी ‘जुरी’ बनी आयो ।

तपाइँको प्रतिक्रिया