कोही छ प्रधानमन्त्री बन्ने ? दरखास्त हाल्ने की ?

पूर्व राजा ज्ञानेन्द्रले एक पटक प्रधानमन्त्री पदको लागि सार्वजनिक आव्हान गरेका थिए । अहिलेका प्रधानमन्त्रीपनि पुगेका थिए दरखास्त हाल्न सुरुवाल मिलाउँदै । त्यो बेला “म बन्छु प्रधानमन्त्री” भन्दै दरखास्त हाल्नेको भिड लाग्यो दरबारमा । अहिले ठ्याक्कै त्यस्तै अवस्था स्रिजना भएको छ । जति सुकै सहमतिका कुरा गरेपनि के हुन्थ्यो सहमति ? सबैलाई प्रधानमन्त्री हुनु छ अनि कसले मान्छ ? कसले दिन्छ अर्कोलाई प्रधानमन्त्री बन्न ? अहिले त्यही ज्ञानेन्द्रको पालामा झैँ प्रधानमन्त्रीका लागि दरखास्त हाल्न पाइने भएको छ ।

साउन चार गते प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न सक्छन् । क कसले कुन कुनको नाम प्रस्ताव गर्ने हुन् । नाम प्रस्ताव गर्नै मारामार हुने हो । चार साउनमा नाम प्रस्ताव गरेपछि साउन पाँचमा निर्वाचन हुँदै छ प्रधानमन्त्री पदको लागि । संसदिय कार्य व्यवस्था परामर्श समितिको बैठकले त्यस्तो निर्णय गरेको हो नेताहरुले सहमती गर्न नसकेपछि । लौ अब प्रधानमन्त्री हुन मन लाग्नेले दर्खास्त हाल्ने भए अब । उही पहिलेको संसदीय कालको जस्तो पद का लागि दरबारमा गएर निबेदन हाल्ने अवस्था बनाए नेताहरूले ।

तपाइँको प्रतिक्रिया