कठै ! मेरो नेपाल

-भीमराज पाराङ

ठुलै फन्दामा फँसेको छ, कठै ! मेरो नेपाल

चक्कजाम र बन्दमा फँसेको छ, कठै ! मेरो नेपाल

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°

साँढेहरु लडिराछन् तँछाड्-मछाड् कुर्चिमा

यस्तै द्वन्दमा फँसेको छ, कठै ! मेरो नेपाल

°°°°°°°°°°°°°°°°°°°°°°°°°° 

कैले थुक्ने कैले चाट्ने नेता ज्युको बानीले

झनै दुर्गन्धमा फ फँसेको छ, कठै ! मेरो नेपाल

°°°°°°°°°°°°°°°°°°°°°°°°°° 

कैले झर्ला अनि खाउँला, बजेट मेरै टोकरीमा

भिख र चन्दामा फँसेको छ, कठै ! मेरो नेपाल

तपाइँको प्रतिक्रिया