फोन नभएपछि राजा वीरेन्द्रको त्यो टेलिग्राम
इन्टरनेटको त कुरै छोडौं त्यति बेला सामान्य नागरिकलाई मात्रै हो र ?राजा रानीलाई समेत कति गाह्रो रहेछ आफ्ना इष्टमित्रसित फोन सम्पर्क गर्न ? राजा वीरेन्द्रका असाध्यै मिल्ने फ्रान्सेली साथी थिए जर्ज ल ब्रेक र उनकी पत्नी आलन ल ब्रेक । ल ब्रेक दम्पत्तीका छोरीको विहे हुने भो । उनीहरूले राजा वीरेन्द्रलाई बिहेमा निम्तो पठाए । तर उपस्थित हुन सकेनछन् । अनि के गर्ने ? कम्तीमा शुभकामना त पठाउनै पर्यो । त्यति बेलाको नेपालमा इन्टरनेट हुने कुरै भएन । फोन सुविधापनि गतिलो रहेनछ ।
अनि वीरेन्द्रले पठाएछन् टेलिग्राम । उनले त्यो टेलिग्राम सन् १९६५ को फर्वरी २ तारिख पठाएका रहेछन् । ल ब्रेक दम्पत्ती त्यति बेला कहिले पेरिस त कहिले ल मों सँ मिसेल भन्ने ठाउँमा बस्ने गर्थे । छोरीको बिहे ल मो सँ मिसेलमा हुन लागेकोले वीरेन्द्रको टेलिग्रामपनि उतै पठाइएको रहेछ । त्यति बेला राजा वीरेन्द्रले कूटनितिकालागि कति प्रयास गर्ने रहेछन् भन्ने देखाउँदैन त यसले ?
(सूचना- हामी नयाँ घरमा डेरा सरेकाले साना तिना विभिन्न समस्याहरु देखिन सक्छन् केहि दिनकालागि । त्यसकालागि क्षमा चाहन्छौं । बरु नयाँ डेरामा के के समस्या देखिए औंल्याइदिनु हुन अनुरोध छ-नेपालप्लस) ।




