नेपालप्लस अब फ्रान्सेली भाषामा पनि !

लामो समयको चाहनापछि नेपालप्लस आजबाट नयाँ अनुहार लिएर आएको छ । समयानुकूल परिवर्तन गर्न खोजेपनि मैले सकेको थिईन । सबै विषय र  क्षेत्रमा निपुँण हुन नसकिने रहेछ । त्यसैले मैले चाहेरपनि अहिले सम्म समय सापेक्ष बनाउन सकेको थिईन । ढिलै भएपनि साथी प्रवेश सुवेदीले नेपालप्लसको प्राविधिक पक्षको जिम्मेवारी लिई दिएर ठूलो गुन लगाएका छन् । अब फ्रान्सेली भाषामापनि नेपालप्लस आउँदै छ भन्ने जानकारी दिन पाउँदा हर्ष र रमाइलो मात्रै होइन टाउको गह्रुँगो पनि बनाएको छ ।

खुशि किनभने फरक काम गर्दा भिन्दै आनन्द आउँछ । फरक काम गरे भिन्न पहिचान बन्छ । त्यसरी जिउनुको मजै बेग्लै हुन्छ ।  नेपाल र नेपालको लागि केही योगदान हुँदा आत्म सन्तुष्टि हुने नै भयो । टाउको गह्रौँ किनभने यसले यो ब्यस्तताकाबिच अझ व्यस्तता थप्ने छ । राम्रोसित चलाउन सकिएन भने खल्लो मान्नु पर्ने दिन आउला । केही समयको मेहनत अवस्यै खेर जाला ।

किन फ्रान्सेली भाषामा ? 

विश्वमा ५० करोड फ्रान्सेली भाषी छन् । संयुक्त राष्ट्र संघकै एक माध्यम भाषापनि हो फ्रान्सेली । फ्रान्सेली संस्क्रिति, कला र साहित्य विश्वमा लोकप्रिय छ भन्ने सबैलाई जानकारीनै छ । नेपालीका बिचमापनि त्यसको लोकप्रियता दिनदिनै बढ्दो छ । नेपालमा फ्रान्सेलीहरुको चाख र चासोपनि नयाँ होइन । त्यसैले होला नेपालमा जाने पर्यटकहरू मध्ये फ्रान्सेली पर्यटकको सूचि अग्रिम श्रेणीमै पर्छ । तर नेपालका बारेमा फ्रान्सेली भाषामै गतिलो जानकारी दिने माध्यम छैन भनेपनि हुन्छ । भएकापनि अन्यत्रबाट साभार गरेर अरुले देखे, लेखेको जस्ताको तस्तै पस्किने खालका छन् । कि त महिनौं अपडेटनै हुँदैनन् ।

त्यसैले, नेपालको धर्म संस्क्रिति, पर्यटन, प्रक्रिति, रहनसहन, गाउँठाउँमा लुकेर बसेका चाखलाग्दा विषयवस्तु आदिको बारेमा फ्रान्सेलीहरूलाई जानकारी दिने माध्यमको अभाव खट्किएरै नेपालप्लसलाई फ्रान्सेली भाषामा लैजाने सोच आएको हो । फ्रान्सेलीले के देखे, के भोगे ? किन जान्छन् नेपाल ? के पाए ? हाम्रा कस्ता कुरा राम्रा कस्ता नराम्रा ? सके, भए र मिलेसम्म यसमा अनुभवहरू साटासाट गर्ने प्रयत्न गरिने छ । नेपालका कतिपय जानकारीहरू जानेर वा नजानेर पनि फ्रान्सेलीहरुबिच गलत तरिकाले पुग्ने गरेका छन् । तिनलाई सकेसम्म नेपालप्लसले चिर्ने प्रयत्न गर्ने छ । फ्रान्सेलीहरुलेपनि नेपालका बारेमा भोगेका गाह्रा साह्रा, कठिनाईहरुका बारेमा जानकारी दिउन्, भएका अनुभव साझेदारी गरुन् । तिनले मागेको सुझाव हामीले दिन सकौं, तिनका कौतुहलताको जवाफ दिन सकौं ।

फ्रान्सेली समुदाय, नेपालसित गहिरो चासो राख्ने, माया गर्नेहरुसित अझ बढि सम्पर्क बढाएर नेपालको कुनै एक क्षेत्र वा समुदायमा सामाजिक काम गर्ने सञ्जाल तयार पार्नु नेपालप्लस फ्रान्सेली भाषामा तयारी गर्नु अर्को कारण हो । त्यसका लागि केही फ्रान्सेली मित्रहरु तयारपनि छन् । नेपालको हितका लागि के कसरी फ्रान्सेलीहरूलाई प्रयोग गर्न सकिन्छ । तिनलाई नेपालका बारेमा कसरी आकर्षण गर्न सकिन्छ । नेपाल र नेपालीमा चासो राख्ने फ्रान्सेलीलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने नेपालप्लसको लक्ष्य हो ।

चल्छ कसरी ?

वर्षौंदेखि अंग्रेजी भाषा कनी कुथी पढ्दै र अलि अलि लेख्दै आएपनि शुद्धसित लेख्न हम्मे हम्मे पर्छ । झन् फ्रान्सेली भाषामा संभव होला ? फ्रान्सेली भाषा असाध्यै गाह्रो र सानातिना कमजोरीहरुलाईपनि एकदम नियालेर हेर्ने जातिमा पर्छन् फ्रान्सेली । दैनिक जीवनको सामान्य बोलीचालीमै अड्किने हामीले लेखेको फ्रान्सेली भाषा कस्तो होला ? मलाई थाह छ, मेरो एक्लो प्रयासबाट त्यो संभव छैन । तर मलाई यो पनि थाह छ- म एक्लो हुने छैन । सहयोगी हातहरू फैलाउनेहरु छन् र अझ बढ्दै जानेछन् । त्यसैले मुख्य त नेपालप्लस आगामी सेप्टेम्बरबाट मात्रै शुरु गर्न लागिएको हो फ्रान्सेली भाषामा । त्यो संभव नभए आगामी वर्षको सूर्योदय अलि अगाडिनै ।

नेपालप्लस चलाउनकोलागि सामाग्रीहरू हेर्ने, मिलाउने, काट्ने, छाँट्ने, बेला बखत लेखिपनि हाल्ने केही फ्रान्सेली मित्रहरु सहितको एक टोली निर्माण हुने छ । यो साईटलाई साझा थलोका रुपमा चलाउने सोच हो । शुरुमा यसलाई फोटो फिचरका रुपमा साप्ताहिक रूपले चलाएर हेरौंला । त्यसको लागि मुस्किल पर्ने छैन । अनि बिस्तारै यसको पहुँच, सम्पर्क, चासो र चाख फैलिँदै गएछ भने दैनिक रूपमै अपडेट गरौंला ।

त्यसैले, यदि तपाईहरुलाईपनि यसमा चाख छ भने फ्रान्सेलीहरूलाई चाख लाग्ने समुदाय, क्षेत्र, विषयका फोटो फिचर अहिले देखिनै पठाउन सक्नुहुन्छ । फ्रान्सेली भाषामा देखे, बुझेका नेपाल संबन्धि लेख रचना पठाएरपनि सहयोग गर्न सक्नुहुन्छ । तपाईका फ्रान्सेली मित्रहरु छन् जो नेपाल संबन्धि चासो राख्छन् र लेखनमा रुचाउँछन् भने तिनका हातबाट केही लेख्न लगाएरपनि सहयोग गर्न सक्नुहुन्छ । नियमित तरिकाले नेपालप्लसलाई सहयोग गर्न सक्नुहुन्छ भने नेपालप्लस सञ्चालकको टोलीमै बस्नपनि सक्नुहुने छ । नियमित सहयोग गर्ने र टोलीका सदस्यहरुको नाम उल्लेख गरिने छ नेपालप्लसमै । तपाईका अन्य सुझावहरुको प्रतिक्षामापनि रहने छु । त्यसको लागि अग्रिम धन्यावाद !!

तपाइँको प्रतिक्रिया