गजल
-भीमराज पाराङ
लौन प्रभु के गरुँ म कसो गरुँ आज
कुर्चीबाटै उठीबस् भो, साह्रै भएँ लाज
°°°°°°°°°°°°°°°°°°°°°°
कहाँ धेरै बसें ‘र म, लेंडे ढिपी गरेर
आठ नौ महिना मात्रै’त गरेको राज
°°°°°°°°°°°°°°°°°°°°°°
जती बल लगाए’नी फुत्किएर गैगो
लाचार भै घुँडा टेंके दुनियाँको माझ
°°°°°°°°°°°°°°°°°°°°°°
सम्झिंदा लुट्पुटिदै गद्धी चढेका दिन
सताँउछ झझल्कोले हरेक दिन-साँझ
°°°°°°°°°°°°°°°°°°°°°°
मुटुमाथि ढुंगा राखी दुवै हात उठाएँ
गुमाएँ पुरै इमान् अनि सिरको ताज
लौन प्रभु के गरुँ म कसो गरुँ आज
कुर्चीबाटै उठीबस् भो, साह्रै भएँ लाज




