गजल
-नेपोलियन मरहट्टा
फेरी अर्को भ्रष्टाचारी बस्दैछ त्यो कुर्चीमा
दस टाउके अवतारी बस्दैछ त्यो कुर्चीमा
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
सपथ रूपी वेद पढ्छ झुक्याउँदै जनतालाई,
देश लुट्ने कर्मचारी बस्दैछ त्यो कुर्चीमा
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
गधा धोई गाई हुन्न, नेता कहिल्यै साधु हुन्न,
सर्वभोगी ब्रह्मचारी बस्दैछ त्यो कुर्चीमा
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
बनाउने केही हैन बिगार्ने छ जताततै,
धुर्मुसे झैँ धुन्धुकारि बस्दैछ त्यो कुर्चीमा
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
दूध खुवाएर सर्प पाल्छ सत्ता आफ्नो टिकाउन
एउटा पुरुष स्तनधारी बस्दैछ त्यो कुर्चीमा





