के को गर्नु विकास ?

-भिमराज पाराङ

के को गर्नु विकास यहाँ, सत्ता भित्र लुक्नेले !

कुकरले भाग ढुकेझैं, कुर्ची मात्रै ढुक्नेले !!

 °°°°°°°°°°°°°°°°°°°°°°°°°

यो मेरो त्यो नी ! मेरो, भ्याए जती सबै मेरो

आफ्नै मात्रै दुना सोझाई आफ्नो भुँडी फुक्नेले !

°°°°°°°°°°°°°°°°°°°°°°°°°           

आज तँसंग भोली मसंग जस्ले दिन्छ उसैसँग

त्यही थालमा खाईवरी, त्यही थालमा थुक्नेले !

°°°°°°°°°°°°°°°°°°°°°°°°° 

लाज सरम् पचे पछि के को सरम्-धरम् यहाँ  

नाफा देखे आफ्नो इमान् बेच्न पनि नचुक्नेले !

°°°°°°°°°°°°°°°°°°°°°°°°° 

देखायौ आफ्नो रंग, छाटी मीठा-मीठा भाषण

सबलाई थाह भैसकेछ,  टोक्दैनन् धेरै भुक्नेले !!

तपाइँको प्रतिक्रिया