गजल
-प्रकाश सापकोटा
आफूखुसी दिमागमा भ्रमको बीउ छर्न थाल्यौ
हुँदा हुँदा भेटे पनि नचिने झैं गर्न थाल्यौ
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
समातेर थुनी राख्ने चीज हैन रैछ माया
घाम डुब्नु अगाडि नै ओझेलमा पर्न थाल्यौ
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
तिम्रो दोष होइन पनि भनूँ मैले कसो गरि
मगजमा नानाथरि कुरा त्यसै भर्न थाल्यौ
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
पहिले त हराए ‘नि तिमि सितै हराउँथेँ
अहिले पो टाढिएर मेरो नीद हर्न थाल्यौ
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
तान्दै-तान्दै समीपमा ल्याउने चेष्टा गर्छु आफू
हिजो भन्दा आज बढी पर-पर सर्न थाल्यौ





