नेपाल चिनाउने साँझ
[यो लेख ब्यक्तिगत संग्रहकालागि मात्रै राखिएको हो-नेपालप्लस ।]
फ्रान्सको राजधानी पेरिस र तेस्रो ठूलो सहर लियोमा हालै नेपाल चिनाउने दुईवटा कार्यक्रम गरिए । नेपालका अनाथहरूलाई पढाउने सोलेई भेरको आयोजना र फ्रान्सस्थित नेपाली दूताबासको सक्रियतामा जूनको दोस्रो र तेस्रो साता यी कार्यक्रम भएका हुन् ।
लियो सहरमा भएको कार्यक्रममा नेपाली नृत्य, नेपाली संगीत, नेपालको धर्म संस्क्रिति र प्राकृतिक छटाहरू देखाउने भिडियो दृश्य र पोस्टरहरु देखाइएका थिए । चरा हेर्नका लागि उपयुक्त थलो लगायत नेपालमा पाइने चराका बारेमा ददि सापकोटाले प्रवचन दिएका थिए । पत्रकार प्रवेश सुवेदीको बियोन्ड दी हिमालय नामक उपल्लो मुस्ताङको जनजीवन समेटिएको डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो ।
(कान्तिपुर प्रकाशनको नेपाल साप्ताहिकमा आज २०६६ आषाढ ६ गते [June 20, 2010] कला र साहित्य पेजमा प्रकाशित समाचार ।
![leon-fete-05-06-2010-113_20100619114942[1]](http://www.nepalplus.com/wp-content/leon-fete-05-06-2010-113_201006191149421.jpg)




