आफ्नै कार्यालयमा छिर्न पाएनन प्रधानमन्त्री !

देशको अर्थिक, सामाजिक र प्रशासनिक चिरफार गरेर त्यसलाई चुस्त बनाउने भाषण धेरै पटक pm-prachand-1.jpgगरे हाम्रा प्रधानमन्त्रीले । प्रधानमन्त्री नहुँदै त धेरैले भन्छन नै । तर प्रधानमन्त्री भएपछिपनि त्यो लगातार दोहोर्‍याइरहेका छन् उनले । उनको पार्टीलेपनि । शासन सत्तामा बस्नु अघि गरेका आश्वासन र बचनलाई शासनमा आएपछि फेरी दोहोर्‍याउनु राम्रो पक्ष हो नै । तर देशको प्रधानमन्त्रीस्वयंकै कार्यालयको हरिबिजोक देख्दा चाहिँ प्रधानमन्त्रीले समग्र देशकै मति कसरि सुधार्लान र भनेर जिब्रो टोक्नुपर्ने हुन्छ। अनि अघिल्ला सरकार कुन बिजोकले चलेका रहेछन् मेसो पनि पाइन्छ । बहुदलिय प्रजातन्त्र आएपछि पटक पटक गरेर १० वर्ष शासन गरेको नेपाली कांग्रेस पार्टीले प्रशासन संयन्त्रलाई कसरि छाडा छोडेछ भन्ने थाह पाइन्छ । साँच्चिकै प्रधानमन्त्री स्वयं आफ्नो कार्यालय बन्द भएर छिर्नै नपाएको समाचार पढ्नु पर्‍यो भने ? हो, हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) एक दिन आफ्नै कार्यालयमा छिर्न खोज्दा पाएनछन । खुला हुनुपर्ने समयमै कर्मचारीहरुले कार्यालय बन्द गरेर कुलेलम ठोकिसकेका रहेछन । अनि प्रधानमन्त्री कर्यालयमा पस्न खोज्दा ताल्चा ठोकिएको देखेपछि ढोकाबाटै फर्किए । 

साँघु साप्ताहिकका अनुसार प्रधानमन्त्री गत हप्ता बाढी पिडित क्षेत्रको भ्रमण गरेर आएपछि आफ्नो कार्यालय छिर्न खोजेका थिए। पौने पाँच बजे प्रधानमन्त्री ढोका अगाडि पुग्दा त कर्मचारीहरुले ताल्चा ठोकेर हिँडिसकेछन । त्यहिँबाट प्रधानमन्त्री फिर्ता भए। नागरिकहरु बाढि पहिरोले सर्वस्व गुमाएर संकट परिरहेको बेला आवश्यक परे चौबिसै घण्टा खोलेर काम गर्नुपर्ने प्रधानमन्त्री कार्यालकै बेहाल हेर्नुस त ! आफ्नै दाजुभाईहरु बिपत्ति परेर रोइरहेका बेला कर्मचारीहरुको हालत ! 

कर्मचारीले त्यसरि मन लागि गरेर हिँड्नुको कारणपनि गज्जबै रहेछ । बिगत दुइ वर्षदेखि ब्रिद्द प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो ओछ्यानमै कार्यालय चलाएका रहेछन । कार्यालयका सहयोगी र कर्मचारीले उनलाई देख्नपनि पाउँदैनथे । आफ्नै बिस्तारालाई कार्यालय बनाएका प्रधानमन्त्री कार्यालय आउँछन भन्ने कुराको हेक्का राख्नपनि बिर्सेका कर्मचारीहरुले । तालिका बनाएर कर्मचारीलाई प्रधानमन्त्रीले काम लगाउने, आफुपनि कार्यालयमा आएर काम गर्ने होइन कि प्रधानमन्त्री आफ्नो कार्यालयमा आउँदापनि कर्मचारीले अचम्म मान्नुपर्ने भएको रहेछ । मस्तले बस्यो, तलब पड्कायो गयो । क्या हाइसन्चो कर्मचारीहरुलाई !

 प्रधानमन्त्रीकै त्यो बिजोग भएपछि मुख्य सचिवलाईपनि के को खाँचो ? उनीपनि घरबाट प्रधानमन्त्रीकहाँ सिधै गएर कार्यालय समयको वास्तै नगर्ने रहेछन । टोपोटसिपोट च्यापेर प्रधानमन्त्रीको ओछ्यानमै पुग्थे रे उनी । प्रधानमन्त्रीलाई हरेक समय कार्यालयमा ब्यस्त देख्नुपर्ने कर्मचारीलेनै देख्न नपाउने रहेछन । अनि हुँदैन त बिजोक प्रधानमन्त्री कार्यालयको ? गर्दैनन त मनपरि कर्मचारीहरुले ? जे होस प्रधानमन्त्रीले आफ्नै कार्यलयका कर्मचारीको मनपरितन्त्र देखेपछि उनकालागि एउटा शिक्षा चाहिँ भयो होला समग्र  देशको प्रशासनिक काम कसरि चलेको छ भनेर भनेर। साँघु साप्ताहिकको तलको समाचारपनि हेर्ने कि ? फोटो साभार-नेपाल साप्ताहिक

प्रधानमन्त्रीकै कार्यालयको हरिबिजोग

(मित्रहरु, अलि सभ्य भाषामा लेखौं है प्रतिक्रिया ? तपाइले प्रतिक्रिया दिनु भनेको अरुले पढुन भन्ने होइन र ? त्यसैले नबिर्सनुहोस, जति सभ्य भाषामा लेख्यो तपाइको प्रतिक्रिया उति धेरैले पढ्छन । र कुनै ब्यक्ति विशेषलाई गाली गर्नुभन्दा संबन्धित लेखका बारेमा बहस चलाउनुहोस । ब्लगको मजा भनेकै बहस, छलफल र वादविवाद गर्नु हो स्वच्छ तरिकालेनेपालप्लस)

तपाइँको प्रतिक्रिया