एमाले (व्यंग्य)

प्रदीप स्री

 जिउ छिर्‍यो पुच्छर अड्क्यो, रोकियो नी! चाल मेरो 

रुन गाह्रो हाँस्न साह्रो, के लेखौ खै ! बेहाल मेरो 

यता सोच्यो उता सोच्यो, जतापनि घाटै लाग्छ 

आयो आयो हुन्छ सधैँ, फुत्किएर कता भाग्छ 

यूथ फोर्स खोलेपनि, थर रर् र कोही भएनन 

चिल्ला गाडी अरु चढ्छन, मेरा दिन आका छैनन 

सबको पेट भरिने भो, खाली थाल चाहिँ मेरो 

रुन गाह्रो हाँस्न साह्रो, के लेखौ खै ! बेहाल मेरो 

कांग्रेसतिर गाको भए, मिल्थ्यो कि त टुक्राटुक्री 

फोरम र माओवादीले, सुन्न छाडे मेरो घुर्की 

रुँदापनि नहुने खै !, नहुने भो चिच्याउँदा नी ! 

धोकामाथि धोका थुप्री, बित्नेभयो मेरो जुनी 

मओवादी-फोरम मिली, काट्न थाले जाल मेरो 

रुन गाह्रो हाँस्न साह्रो, के लेखौ खै ! बेहाल मेरो 

ज्या-६, म्याग्दी,

हाल- डुटेस्ट (कतार)

इमेल: [email protected]

(बिदेशमा भएकोले यो वर्ष गाइजात्रा मनाउन पाइएन । त्यसैले ढिलै भएपनि एमालेलाई नेपालप्लस मार्फत यो कोसेली-प्रदीप)।

(सूचना-अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता स्रोत उल्लेख नगरि पठाउनु, झुक्क्याएर बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु र स्पष्ठ नपारिकन एउटै रचना बिभिन्न ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचना मान्य छैनन ।  जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुका लागि स्वागत छ  । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ-नेपालप्लस) ।

तपाइँको प्रतिक्रिया