गजल

-सिरी निरौला / काठमाडौं 

मलाई छैन तिम्रो जस्तो मान्छे ढाल्ने रहर

वरीपरी दुई खुट्टे कुकुर पाल्ने रहर ।।

°°°°°°°°°°°°°°°°°°°°

कोही सधै‌ बेसुरिंदै झुम्मपरि रन्थे

आएन है ऐलेसम्म चुरोट बाल्ने रहर ।।

°°°°°°°°°°°°°°°°°°°°

संस्कृती यो शहरीया सारै रमाईलो

कस्तो होला थाहाछैन पाईन्ट टाल्ने रहर ।।

°°°°°°°°°°°°°°°°°°°°

कताबाट आएको हो हाम्रो समाजमा

लामो जुल्फी फिंजाएर रङ्ग हाल्ने रहर ।।

तपाइँको प्रतिक्रिया