लियोंकै शेरो फेरोमा

अस्ति शनीबार  राती १२ बजेसम्म कार्यक्रम थियो । अनि सारा सामान मिलाउँदा, थ्न्क्याउँदा र ओसार्दा हामी बिहान ४ बजे सुत्यौं । लखतरान परियो । हिजो बिहानै सात बजे उठेर अस्तिका केहि तस्बिर हत्त न पत्त राखें । अनि हिँड्न हतारो भयो । आज दिनभरी लियों शहर घुमियो । हिजो साँझ आफ्नो ल्यापटपमा नेट कनेक्ट गर्न खोज्दा सकिएन । भोली चरा पार्क हेर्न जानुछ । त्यसैले, भोलीपनि लखतरान भएरै फर्किइने होला ।

(फ्रान्सकालागि नेपालका राजदूत जिवनप्रकाश श्रेष्ठ, उनको परिवार, एक नेपालप्रेमी फ्रान्सेली आमै र खनाल भाई सित)

अस्तिको कार्यक्रममा संक्षेपमा भन्नु पर्दा चरा प्रवचन ठिकै भयो । केहि प्राविधिक र केहि आफ्नै कमजोरी रहे । केहि चराविद, केहि प्रक्रितिप्रेमीसित सम्पर्क हुने मेसो मिल्यो । वातावरणमा काम गर्ने फ्रान्सेली बैज्ञानिकहरुको एउटा भेलामा सहभागि हुन त्यहिँ निम्तो पाएँ ।  तपाईलेनै लैजाने भए हामी सात आठ जना नेपाल जान तयार छौं चरा हेर्न भनेर प्रस्ताब पनि आयो ।  त्यसका बारेमा छुट्टै ब्लग लेखौंला । भोली अर्कै फ्रान्सेली साथीको घरमा डेरा सरिन्छ । त्यहाँबाट सायद आफ्नै कम्प्युटरमा नेट जोड्न सकिएला ।  भोलीनै यो शहरबाट अलि टाढा केही फ्रान्सेली पुराना मित्रसित मिटिङ पनि गर्नु छ ।  सकिएछ भने ब्लग लेखौंला ।

तपाइँको प्रतिक्रिया