फ्रान्सेलीहरुका बिचमा आज मेरो चरा प्रवचन

साथीहरु हिजो म फ्रान्सको लियों शहर आइपुगे ।यो शहर करिब ४०० किमि टाढा छ पेरिसबाट । यहाँ आज मैले नेपाली चराबारे प्रवचन दिंदै छु फ्रान्सेलीहरुलाई । हामीले नै नेपाली साँझ भनेर आयोजना गरेका थियौं यहाँ । मूलत यसमा सोलेइ भेर् भनिने नेपालका अनाथ नेपाली वालवालिका पढाउने संस्थाको सक्रियता छ । यो आयोजना गर्न म आफुपनि ब्यक्तिगत रुपले निकै पहिलेदेखि लागि परेको थिएँ । आज यहाँ नेपाली खाना, नेपाली न्रित्य र संगित चखाउँदै छौं हामीले । बेलुका मेरो चरा सम्बन्धि प्रवचन छ । निकै लामो तयारि पछि आज यो कार्यक्रम हुँदै छ । असाध्यै ब्यस्छु म । यसैमा पत्रकार साथी प्रवेश सुबेदीको बियोण्ड द हिमालया भन्ने मुस्ताङको जन जिवन समेटिएको डकुमेन्ट्रीपनि देखाउँदै छौं । हामी दुबै जना सँगै छौं । यसपछि म यहाँ अरु ४ दिन रहन्छु । एउटा चरा पार्क घुम्ने कार्यक्रम छ समुद्रको तटमा रहेको ।  केहि मिटिङ छन् यहाँबाट बाहिर ।
आफ्नो ल्यापटपमा नेट जोड्न पाएको छैन । फ्रान्सेली मित्रको घर जहाँ प्रवेश र सँगै बसेका छौं त्यहिँको कम्प्युटरबाट यि यो छोंटो ब्लग लेख्दै छु । थुप्रै साथीहरुको, पाठकको इमेलका जवाफ दिन पाएको छैन । तपाईका लेखपनि हेर्न पाएको छैन । सबैलाई केहि दिन धैर्य गर्न अनुरोध छ ।

मैले कत्तिको प्रभाव पारौंला भन्ने त थाह छैन नै तरपनि आशा चाहिँ नेपालका चरा बारे फ्रान्सेलीलाई चिनाउने, भविष्यमा यो क्षेत्रमा सँगै काम गर्ने थप ढोका खोल्ने, चरा पर्यटनलाई यहाँ प्रवर्धन गर्ने लक्ष्य हो ।कस्तो हुन्छ चाहिँ थाह छैन । आशा चाहिँ नेपालका चरा बारे फ्रान्सेलीलाई चिनाउने, भविष्यमा यो क्षेत्रमा सँगै काम गर्ने थप ढोका खोल्ने, चरा पर्यटनलाई यहाँ प्रवर्धन गर्ने लक्ष्य हो ।भोली यो कार्यक्रमको फोटो ब्लग र सकेसम्म भिडियो सहित उपस्थित हुने छु । यहि कारणले गर्दा तपाईका प्रतिक्रियाहरु अपडेट गर्न केहि समय लाग्न सक्छ । त्यसको लागि क्षमा चाहन्छु ।

तपाइँको प्रतिक्रिया