हाम्रो नयाँ संबिधान

-कपिल अधिकारी / ताइपेइ, ताइवान

गीता छ, कुरान छ

बाइबल, प्रज्ञापरमिता सबै छ

सबै लेखिएको छ

के लेखिएको छैन ?

शान्ति, परसेवा

‘महाँधर्म’

तर नगिचै उभिएर

युद्ध उन्मादी तरबार दागी रहेछ

डकैति, लूट मार

डर छ दिउँसै सहरमा अपहरणको

के कागत मा लेखिदैमा

शास्त्र हुँदैमा

शास्त्रको ठेली छुँदैमा

 मठ, मस्जिद, मन्दिर र बिहारमा

उसले टाउको निहुँराएको देख्दैमा

के उसले हतियार बिसायो र ?

के घन्टा कर्ण बुद्ध भयो र ?

कागत मा लेखिदैमा के भयको छ कहाँ

जब तिम्रो इस्वोर नै तिमी भित्र पस्दैन भने  

जब तिम्रो तिम्रो बिबेक नै तिमी भित्र पस्दैन भने

°°°°°°°°°°°°°°°°°°°°°

अस्ति के लेखिएन

फेरी हिजो के थपिएन

हरेक दुइ, तिनदशकमा लेख्दै छौं नयाँ बिधान

संबिधान

थुप्रै बलिदान पछि

ऐना जस्तो छर्लंग छ

उदर बिकाशमा तल्लिन यीनै

बिधान मा नै पटक्कै बिस्वाश नगर्ने यिनै

यहाँ लेख्दैछन ठेलीहरू

के लेख्लान यिनले

कस्तो पो लेख्लान यिनले

लज्जा सुन्नेलाई !

लज्जा देखनेलाइ !

°°°°°°°°°°°°°°°°°°°°°

नहर  खन्न

बाटो फैलाउन चाहिन्न क्यारे

यी ठेली हरू,

ओखती मुलो बाँड्न

स्कूल, कलेज खोल्न

कलकारखना ठडाउन

चाहिन्न क्यारे बिधान

गहुँ छर्न, धान ब्याड राख्न

लेख्नु पर्दैने क्यारे काइते संबिधान

°°°°°°°°°°°°°°°°°°°°°

बिधान नभएर हो कि

सिमाना खिइरहेछ

सडक अपहरणको डरले त्रशित छ

कालिकोट बगिरहेछ पखालामा

र डरले काँपीरहेछ

बेचिएको र बेचिन लागेको चेलीको खबर

दैनिक छाईरहेछ

शहर काकाकुल

मुग्लानको घामबाट

रेमिटान्स संगै हर जहाजबाट

कति लाश आयो !

पाले, कुल्ली आया भएको छौं हामी

डस्दैन कि तिमीलाई

यो रशाताल मा पुगेको बस्ति देखेर

हामी छिया छिया भएको देखेर

°°°°°°°°°°°°°°°°°°°°°

कागत मै लेख्दै छौ सिमाना

कोर्दै छौ इनार

रोप्दै छौ धान

छर्दै छौ करू

लोक तान्त्रिक अधिकार

शान्ति संब्रिद्द नेपाल !

°°°°°°°°°°°°°°°°°°°°°

तिमीले जे लेखेपनि

राम्रो भनि गुड्डी हाँके पनि

भोका, नांगाको लागि

पछि केहि हुँदैन भने

फेरी अर्को जुकाहरू जन्मी रहन्छ भने

फेरी केहि विश्राम पछि

हूलले

जलाउने छन् यी ठेलीहरू

कुल्चने छ तिमीलाइ 

°°°°°°°°°°°°°°°°°°°°°

कागतमा लेख्दैमा

लेखिंदै मा के होला ?

जब जनता जनार्दनको मन जित्न सक्दैनौ भने

उनीहरूको लागि लागि केहि गर्दैनौ भने

अनी भन

तिमी के लेख्दै छौ ?

तिम्रो नयाँ संबिधानले हामीलाइ के दिन्छ ?

तपाइँको प्रतिक्रिया