कोशी माथि
सिरको टोपी मेरो हेर
कोशी माथि बगीराछ !
कुन पापी का आँखा लागे
थुप्रै लास लगी राछ !!
मेरो माटो मेरो भुमी
किन कोशी बगाउँदै छ !
नेपालीको आँसु पिई
को पापी हो अगाउँदै छ !!
बिहारको नदी पारी
बहिनीको लास छ रे !
केही छैन खबर हेर
त्यहाँ थुप्रै मेरा मरे !!
घर बारी सबै बग्यो
बाँच्ने मन अब छैन !
नजिक आई हेर भाई हो
मेरो कसुर केहि हैन !!
छोरी पनि मरी कठै
मइती घर फर्कि आई !
बिपत्तिले किन घेर्छ
म नेपाली लाई !!
चाहिँदैन फेरी अब
कोशी माथि तिम्रो बाँध !
पहाड तराई हिमाल मिली
थाप्नु पर्छ सबले काँध !!
दाई भाई को पिर मर्का
हाते मालो सबले गरौ !
यो भुमीको रक्षा गर्न
हामी सबै अघी सरौ !!
महाकाली, नेपाल
संपर्क – [email protected]
(सूचना-अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता स्रोत उल्लेख नगरि पठाउनु, झुक्क्याएर बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु र स्पष्ठ नपारिकन एउटै रचना बिभिन्न ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचना मान्य छैनन । जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुका लागि स्वागत छ । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ ।
-नेपालप्लस) ।