उपप्रधानमन्त्री दाबी गर्दै एमाले-माओवादीबिच नयाँ बिवाद
प्रधानमन्त्री नियुक्त भएको हप्तादिन पछि प्रमुख दुई दल माओवादी र एमालेबिच मन्त्रीमण्डल गठन नहुँदै नयाँ बिवाद देखिएको छ । त्यहि बिबादका कारण आज एमालेका मन्त्रीहरुले सपथनै खाएनन । अनी प्रधानमन्त्री प्रचण्डले आफ्ना र मधेसी जनअधिकार फोरमका गरि आठ मन्त्रीलाई सपथ गराएर सानो मन्त्रीमण्डल बनाए । मन्त्रीमण्डल बिस्तार गर्दा बरियताक्रममा प्रधानमन्त्री पछि एमालेले दोस्रो पद उप प्रधानमन्त्रि आफुले पाउनु पर्ने दाबी गरेको छ । तर माओवादीले आज मन्त्रिमण्डल गठनपूर्व उप प्रधानमन्त्री आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेपछि एमाले र माओवादीबिच बिवाद निस्किएको एमाले स्रोतको दाबी छ ।
तिन दलबिच प्रचण्डलाई प्रधानमन्त्रीमा मत दिँदै एमालेलाई उप प्रधानमन्त्री दिने सहमति गरेको तर अहिले अन्तिम अवस्थामा आएर माओवादीले आफ्नो पार्टीलाई अपहेलना गर्नुकासाथै सहमति उल्लंघन गरेको आरोप आज एमाले नेताहरुले माओवादीसमक्ष लगाएका छन । माओवादीले बिगतको सहमति पालना गरि उपप्रधानमन्त्री आफ्नो पार्टीलाई नदिए बरु मन्त्रीमण्डलमा सहभागिनै नहुने चेतावनी दिँदै सपथ गर्न नगएको हो एमाले। उता माओवादीले भने त्यस्तो सहमति नभएको बताउँदै सबैभन्दा ठुलो दलका हैसियतले आफैँले पाउनुपर्ने दाबी गरेको छ । माओवादीले डा बाबुराम भट्टराइलाई उपप्रधानमन्त्री बनाउन खोजेको छ भने एमालेले ग्रिह मन्त्रीमा प्रस्ताब गरेका बामदेव गौतमलाई । मन्त्रीमण्डल गठनकै बिषयमा पार्टीभित्रै बिवादमा फसेको एमालेलाई माओवादीसँगको यो अर्को बिवादले झनै अप्ठेरोमा पारेको बताइन्छ । यो बिबादले सरकार सञ्चालन सहज ढंगले हुनेमा आशंकाहरु थपेका छन ।