आइफल टावरबाट फिँजाइयो विश्वभरी बुद्यको सन्देश
आज २५५४ औं बुद्य जयन्तीका दिन फ्रान्सको राजधानी पेरिसमा रहेको आइफल टावर अगाडिबाट नेपालीहरुले शान्ति र्याली गरे। हात हातमा बुद्यका वाणी र सन्देश अंकित प्लेकार्ड र बुद्यका फोटाहरु लिएर र्याली गरियो । नेपाली दुतावास पेरिसको सहयोग र समर्थनमा नेपाली एकता समाज, फ्रान्सले यो र्याली आयोजना गरेको हो । विश्वभरिका पर्यटकहरुको आइफल टावर हेर्न भिड लाग्ने हुनाले यहाँबाट बुद्यका अहिंसाका सन्देशहरु एकै पटक विश्वभरि फैलाउनका लागि यो ठाउँ रोजिएको आयोजकहरुको भनाई थियो ।
यि चाहिँ फ्रान्सेली पत्रकार पियर् । कर्यक्रमबारे चासो राख्दै थिए । मैले उनलाई नेपाल र फ्रान्सको सद्भावकालागि नेपालीले फ्रान्सेली झण्डा बोक्छन्, तिमीले पनि बोक नेपाली झण्डा भन्नासाथ नेपाली झण्डा बोक्न कस्सिए । बिदेशमा नेपाली झण्डाको झन मान र शान अनि पहिचान बिछट्टै हुने गर्छ ।
बुद्यको सन्देश लिएर उभिएका दुई नेपाली । बुद्यका अहिंसाका यस्ता सन्देश र वाणीहरु आकर्षक तरिकाले तयार पारेका थिए कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठले । कार्यक्रममा दूतावासका सबै कर्मचारी खटिएका थिए ।

दाहिनेबाट क्रमश: एशियन लाईफ इन्स्युरेन्सका मेनेजिङ डाइरेक्टर आर के भट्टराई, हाम्रा राजदूत जिवनप्रकाश श्रेष्ठ, एशियन लाईफ ईन्स्युरेन्सकै जेनरल मेनेजर कमल राज गौतम र हाम्रो दुतावसका त्रितिय सचिव भरत खनाल । गौतम र भट्टराइ यूरोप घुम्न आएका बेला आज संयोगले यो कार्यक्रममा आएका थिए ।
पेरिसको भूमिगत रेलवे सेवाका ढोकामा बसेर एकता समाजले यसरि बुद्य जयन्तीबारे जानकारी भएका पम्प्लेटहरु बाँडेको थियो ।

यस्ता वालकपनि बुद्यका सन्देश बोकेर उभिएका थिए ।
बुद्यबारे बाँडिएको जान्कारी पढ्दै बिदेशी एक वालक । केहि बेरपछि उनले त्यो आफ्नी आमालाई पढेर सुनाउँदै थिए ।
शान्ति र्यालीमा सकिएपछि केहि नेपाली भने यसरि आइफल टावरलाई छोएझैं, अँगालो हाले झैं गरेर फोटो खिचाउन ब्यस्त देखिन्थे ।













