गजल
-विद्या सापकोटा
गाउँदा कोइली, बसन्ती राग पाएँ
मुस्कुराँउदा ऊ, खुसीका भाग पाएँ ।।
°°°°°°°°°°°°°°°°°°°°°°
उड्दा मन, सम्झनाले व्याकूल हुँदा
उस्तै खवर दिने, एक काग पाएँ ।।
°°°°°°°°°°°°°°°°°°°°°°
सम्हाल्दै माया, भूलिदिएँ आफैंलाई
सकिएँ म, सट्टामा मागै माग पाएँ ।।
°°°°°°°°°°°°°°°°°°°°°°
टुटे निख्रिए, छामिहेरें आफैंलाई
अवशेष, बदनामका दाग पाएँ ।।
हालः शंकरदेव कलेज, काठमाडौं ।




