गजल

-नेपोलियन मरहट्टा

नबजाऊ ताली देश ओरालो लागेको बेला

नभत्काऊ आली देश ओरालो लागेको बेला

 °°°°°°°°°°°°°°°°°°°°°°°

आफैं घस्छौ सोह्र सिँगार, देखेनौ देश नांगो

नलगाऊ लाली देश ओरालो लागेको बेला

 °°°°°°°°°°°°°°°°°°°°°°°

आफु भलो जगत भलो, नकाट कुरा छिमेकीको

नसुनाऊ गाली देश ओरालो लागेको बेला

°°°°°°°°°°°°°°°°°°°°°°° 

ताला लगाऊ भन्डारमा, दु:ख पर्दा काम लाग्छ त्यो त

नबनाऊ खाली देश ओरालो लागेको बेला

 °°°°°°°°°°°°°°°°°°°°°°°

जनहित कल्याणकारी बन्नु पर्छ संबिधान यो

नबनाऊ जाली देश ओरालो लागेको बेला

 °°°°°°°°°°°°°°°°°°°°°°°

बिदेश पस्नेहरु हो फर्कौं देश निर्माणमा

बिन्ति छ यसपाली देश ओरालो लागेको बेला

तपाइँको प्रतिक्रिया