प्रचण्डले देखाए सकारात्मक संकेत
प्रधानमन्त्री पदमा नियुक्त भएको साता पनि नबित्दै प्रधानमन्त्री पुष्पकम दहाल (प्रचण्ड) ले नेपाली जनाताको भावनालाई समात्ने प्रयत्न गरेका छन । उनले भारतको सधै चाकरि गर्ने परम्परालाई तोड्ने संकेत गरेका छन । कसरि त ? नेपालमा प्रधानमन्त्री चुनिनासाथ पहिले भारतको भ्रमण गर्ने परम्परा थियो । नयाँ प्रधानमन्त्रीले पहिले भारतको भ्रमण नगरी अन्य कुनैपनि मूलुकमा पाइला नहाल्ने चलन थियो । अन्य मूलुकमा ठुलै पर्व वा अन्तर्राष्ट्रिय कार्यक्रम हुँदापनि भारत गएको छैन पहिले भनेर पर्खि बस्थे नेपाली पानी मरुवा शासकहरु । भारतिय शासकहरुको चाहना भन्दा त्यो नेपाली शासकहरु भारतलाई रिझाउने, चाकरी र चाप्लुसीका रुपमा स्थापित भइसकेको थियो । भारतको निम्तो कहिला आउला भनि कतै डेग नचलि बस्थे । उदाहरण दिन धेरै टाढा जानै पर्दैन । निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वयं छन ।
छिमेकी मूलुक चिनमा भइरहेको ओलम्पिक खेलको उद्घाटन समारोहमा चिन सरकारले नेपालका राष्ट्र प्रमुखलाई उच्च स्थानमा राखेका थिए । चिनले त्यसमा सहभागी हुन निम्तो मात्रै होइन आग्रह र आशा गरेको थियो । तर प्रधानमन्त्री कोइराला भारत भ्रमण नगरेको भन्दै त्यतातिर गएनन । उनले नेपाली शासकहरुको वर्षौ देखिको चाकरीलाई यथावत राखे र अर्को छिमेकी मूलुकको चित्त दुखाए । विश्वभरुका राष्ट्र प्रमुखहरुसमक्ष आफ्नो मूलुकलाई प्रस्तुत गराउन पाउने मौकाबाट बञ्चित गराए ।
परिस्थितिवस, ओलम्पिक खेल समाप्त नहुँदै नेपालमा प्रधानमन्त्रि फेरिए । धेरैले त्यहि निरन्तरता दिने छन प्रचण्डले । भारतको चाहना बिपरित चल्ने आँट कसैले गर्न सक्दैन, प्रचण्डलेपनि त्यसैलाई निरन्तरता दिन्छन भन्ने अनुमान, अड्कल र विश्वाश गर्दै आएका थिए । तर प्रचण्डले ति सबै अनुमान र अड्कलहरुलाई तोड्दै भारत भ्रमण पूर्व चिन जान लागेका छन । आगामी आइतबार चिनको राजधानी बेइजिङमा भब्य समारोह गरेर ओलम्पिक समारोह गरिँदै छ । प्रचण्ड त्यहि समारोहमा सहभागी हुन लागेका हुन । त्यो समारोहमा भाग लिन चिनिया राजदूतले प्रचण्डलाई भेटेर आग्रह गरेपछि उनले स्विकार गरेको माओवादी पार्टीले सार्वजनिक गरेको छ । उनी आइतबार त्यता गएभने साँच्चिनै दशकौ देखिको नेपालको चाकरीपूर्ण परम्परा तोडिनेछ । समापन कार्यक्रममा प्रचण्डले विश्वका अन्य राष्ट्र प्रमुखसँग भेटेर नेपालको राजनीतिक लगायत अन्य विषयमा कुरा गर्ने छन । एउटै समारोहमा त्यति धेरै राष्ट्रका प्रमुखहरुसँग नेपाल प्रस्तुत हुन पाउनुपनि नेपालकोलागि ठुलो अवसर हो ।
उनको चिन भ्रमण उनी कम्युनिष्ट पार्टीका अध्यक्ष वा वामपन्थि बिचारक भएकोले चिनलाई प्राथमिकता दिएको नभएर अन्तर्राष्ट्रिय पर्वमा छिमेकी मुलुकले सबैसँग राख्नुपर्ने समान संबन्ध स्वरुप गर्न लागेका हुन । उनको यो आँट प्रशंसनिय र नेपाली जन भावना अनूकुलको छ । एउटा स्वतन्त्र मूलुकले आफ्ना छिमेकीहरुसँग राख्नु पर्ने समान संबन्ध अनूकुल छ । दिर्घकलिन रुपमा नेपालको हितमा छ। यसले नेपालमा सरकार, शासक र ब्यवस्था बदली भएपनि तिनको भारत भक्ति, चाकरी र मानसिकता भने उही पूरानै हुन्छ भन्ने मान्यतालाइ पनि चुनौति दिँदै सकारात्मक परिवर्तनको संकेत गरेको छ । आफ्ना छिमेकी मूलुकहरुलाईपनि नेपालले बदलिँदो परिवर्तनसँगै कूटनितिक संबन्धमा सुधार गरेको आभास दिने छ । यद्दपि भारतिय शासकहरुको हेराइमा भने यसले भिन्न प्रकारको प्रभाव पार्न सक्छ नै । तर देश र जनताको साँचो हितलाई हेरेर काम गर्ने हो भने त्यस्ता जुनसुकै चुनौतिमापनि जनताले साथ दिन्छन नै । खाली मानसिकता मात्रै शासकहरुको बदलिनु पर्यो विश्वमा बदलिएको परिस्थिति र जन चाहना अनुरुप ।