हाम्रो आफ्नै बानी
हरिहर अर्याल, पेरिस
सुहागको रातमा झै लाग्यो आज जून
नेपालीले माटोलाई लाए धेरै गुन
संग्राममा होमिएका फर्के हिजो घर
लेक बेसी मधेशका छैन कोही पर
ह्टाइयो भाइ मार्ने दुई ठूला बंश
राणाजी र शाहाजीथे यो देशका कंस
लुटे कुटे भुट्नु भुटे हामीलाई गोली
रगतको भूजा खान्थे खेल्थे यस्मै होली
बीरत्वले आर्जिएको हिमालको मूनि
यौटा सानो देश हाम्रो बुध्दजीको भूमि
सीताजीले सिञ्चिएको आदर्शको जुनि
भाषा भेष अनेकमा बोली यौटै हुनि
पौरखले खान्छौ हामी नेपालीको जात
यो माटोमा पार्ने छैनौं बिदेशीको हात
सधैं उचा राख्न्न सिकौं स्वाभीमानी माथ
परिश्रमी बिबेकी भै हिडौं साथसाथ
पसिनाले फोडी दिन्छ भीमकाय डाँडो
बिबेकले हँटाउछ बेमेलको काँडो
शान्ति गीत गाई हिडौं पिई यही पानी
अनेकमा एक हुने हाम्रो आफ्नै बानी ।।।