गजल
-एसएच निरौला / काठमाडौं
चारैतिर तान्दा तान्दा देश गयो भट्खालामा
उपलब्धी शुन्य रयो शेष गयो भट्खालामा ।।
°°°°°°°°°°°°°°°°°°°°°°
दशौं बर्ष अगाडि हतियार तेर्स्याएर
सत्ता लुट्न सुरु भाको रेस गयो भट्खालामा ।।
°°°°°°°°°°°°°°°°°°°°°°
सबैको अधिकार एकै ठाउँ समेटेर
संविधान बन्ला भन्ने गेस गयो भट्खालामा ।।
°°°°°°°°°°°°°°°°°°°°°°
उँट र घोडा हात्ती मिली राजालाई ढाले पनि
पिउसाले जितेपछि चेस गयो भट्खालामा ।।




