गजल
-एस.एच. निरौला / काठमाडौं
पग्लिएर मानवता सराव बन्दैछ ।
समेलेर नरमांश कबाव बन्दैछ ।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°
महलमा तला थप्न छाप्रो भत्काउने
मानिसको सोचाई नै खराव बन्दैछ ।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°
थेग्दा थेग्दै चोटहरु अचानो भो छाती
कता बग्छ? अश्रु भेल बहाव बन्दैछ ।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°
सबाल यो मेरो हैन हाम्रै समाजको
टेडिएर राजनीति जवाफ बन्दैछ ।।




