माओवादी नेता आज किन खुसुक्क भारततिर ?

-पछिल्लो जानकारी- भोली दिल्लीमा नेपालको संकटपूर्ण राजनिति र त्यसको संभावित निकासबारे एउटा छलफल कार्यक्रम हुँदै रहेछ । कार्की त्यहि कार्यक्रममा भाग लिन दिल्ली हानिएका रहेछन् । त्यस कार्यक्रममा उनलाई प्रमुख बक्ताका रुपमा बोलाइएको रहेछ । केहि समाचारहरुले भने उनलाइ त्यहाँ माओवादीको पक्षमा लबिङ गर्न पठाएको भनेर पनि उल्लेख गरेका छन् ।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

माओवादीले आज देखि आम हडताललाई आक्रमक ढंगले अगाडि बढाउँदै छ । जनता हारेर फर्किन्नन् पनि भनेका छन् । भारतलाई भरमार गाली पनि गरिरहेका छन् माओवादी नेताले । तर जति गाली गरेपनि के गर्नु ? सहमती उतै बन्छ हाम्रा राजनितिक दल र नेताको । थोरै धेरै होला नत्र हाम्रा नेताहरुलाई भारतीय नेताको कुनै न कुनै आड भरोसा वा आश नगरि चल्दै चल्दैन । जुनसुकै पार्टी र नेताको वास्तबिकता उहि छ । त्यहि भएर होला, आजै माओवादीका पोलिटब्युरो सदस्य राम कार्की (पार्थ क्षेत्री) एक्कासी खुसुक्क भारत हानिएका छन् ।

उनी आजै दिल्ली पुगेका छन् । उच्च स्रोत भएका एक जना मित्रले आजै पठाएको जानकारी अनुसार राम कार्की आज नेपाल एयरलाईन्सको विमानबाट भारतीय नेतासित भेटघाटका लागि दिल्ली पुगेका हुन् । त्यहाँ उनले भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता प्रकाश करात, सितारामयाचुरी र भारतीय प्रधानमन्त्री डा मनमोहन सिं सित छलफल गर्ने कार्यक्रम छ । कार्की भारतीय नेताहरुमा बढि पहुँच भएका र भारतीय राजनितिमा बड्गिबढि जानकार नेताका रुपमा चिनिन्छन् माओवादीमा ।

उनी किन गए ? त्यहाँ के विषयमा वार्ता हुने हो ? वार्ता कहाँ कसरि हुने हो र त्यो वार्तामा के पाक्ने हो केहि स्पष्ठ छैन । कार्यक्रम कुन दिन, कति बजेर कहाँ गर्ने भन्ने सबै चाँजो मिलाउने काम संभवत सिताराम याचुरीले गर्ने छन् । याचुरी माओवादी र अन्य दललाई १४ बुँदे सहमती गराउँदा देखि सक्रिय रहेका भारतीय नेता हुन् ।

तपाइँको प्रतिक्रिया