महाराजाले भने-तपाईहरुले बहादुरी गर्नुभो

dosro-shree-4.jpg

नेपालको हिमालमाथि पहिलो मानवबिजय सन १९५० मा भएको हो । तर चर्चा भने नेपालमा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले १९५२ मा गरेको सगरमाथा आरोहणको बढि हुनेगर्छ । सन १९५० मा फ्रान्सेली आरोहण दलका सात जनाले अन्नपूर्ण हिमाल जेठोको आरोहण गरेका थिए । त्यो बेलासम्म बिश्वमा त्यति अग्ला हिमालहरुमाथि मानव पाइला पुर्‍याउन संभव हुन्छ भन्ने मानिसहरुको सोचसम्म थिएन । उनीहरुले त्यो बेला गरेको सफल आरोहणले सारा विश्वनै चकित भएको थियो । त्यति बेला नेपालमा राणा प्रधानमन्त्रि मोहन शमशेर थिए । उनैको बोलवाला थियो । त्यो फ्रान्सेली दलको नेत्रित्व गरेका थिए मोरिस हेर्जोकले । उनको दलमा सात जना आरोही, एक जना चिकित्सक, एक जना फोटो ग्राफर, ५०० जना भरिया र शेर्पा तथा एक जना कूटनितिज्ञ थिए – फँसिस द नोइएल (बिचमा त्यति बेला नेपालका राणा प्रधानमन्त्रि मोहन शमशेर, दायाँ मोरोस हेर्जोक र बायाँ फँसिस द नोइयल ) । उनी त्यतिबेला भारतको दिल्लीस्थित दूतावासमा थिए । त्यो आरोहण दलको सबै ब्यवस्था उनैले मिलाएका रहेछन । सिल्भाँ लेभी भन्ने एकजना सन १८०० ताका नेपाल गएका प्रसिद्द फ्रान्सेलीको त्यतिबेलाका राणाहरुसँग राम्रो संपर्क रहेछ र उनैका छोरा रहेछन त्यति बेला दिल्लीका राजदूत । त्यहि संपर्कका आधारमा राणहरुसँग अन्नपूर्ण हिमाल चढ्ने अनुमति फ्रान्सले लिएको रहेछ । 

अन्नपूर्ण बियज हासिल गरेपछि मोरोस हेर्जोकका औंला हिउँले खाए । खुट्टाका औंलापनि बाँकी रहेनन । फ्रान्स फर्कने क्रममा उनीहरु दिल्ली पुगिसकेका  रहेछन । त्यहिबेला अन्नपूर्ण आरोहणबारे थाह पाएका राणा प्रधानमन्त्रि मोहन शमशेरले भेट्न बोलाएछन साहसिक काम गरेको भन्दै । मोरिस हेर्जोक र कुटनितिज्ञ फँसिस द नोइएललाई दरबारमा बोलाएर बधाई दिएको तस्बिर हो यो । त्यति खेर मोहन शमशेरले मोरिस हेर्जोकलाई भनेका रहेछन-तपाइँहरु बहादुर हुनुहुँदोरहेछ । त्यत्रो हिमाल चढेर संसारभरि नेपालको नाम फैलाइदिनुभयो । तपाइँहरुलाई धेरै धेरै धन्यावाद । यो हामीलाई मोरिस हेर्जोक स्वयंले भनेका हुन गतसाल उनीसँग उनैको निवासमा भेट भएका बेला । उनिसँग भएका भेटबारे एक दिन फेरी छुट्टै रमाइलो ब्लग लेखौँला नै । यो तस्बिर हेर्जोकको आरोहण पश्चात निस्किएको रगार्द भेर लन्नपुर्न (अन्नपूर्णतिर हेर) भन्ने पुस्तकबाट लिएको हो ।

तपाइँको प्रतिक्रिया