सल्लेरीमा हड्तालको पक्ष र बिपक्षमा प्रदर्शन, हात हातमा दाउरा

-मनोज श्रेष्ठ / सल्लेरी, सोलुखुम्बु

एकिकृत नेकपा माओबादीले आव्हान गरेको  देशव्यापी आम हड्तालको चौथो दिन सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा स्थानीयबासीले आम हड्तालका बिरुद्धमा नाराबाजी सहित र्‍याली निकालेका छन् । हिजो तेश्रो दिन पनि हड्तालको बिरुद्धमा स्थानीय व्यक्तिले नाराबाजी गरेका भए पनि हिजोको तुलनामा आज हड्ताल बिरोधी र्‍यालीमा सहभागिता बढेको थियो ।

नेपाली जनता जिन्दावाद, बन्द हड्ताल फिर्ता गर लगायतका नारा सहित प्रदर्शनमा उत्रिएका स्थानीयबासीले सल्लेरी, नयाँ बजार तथा दोर्पू बजार परिक्रमा गरेका थिए ।  हड्ताल बिरोधी स्थानीय बासीको र्‍याली लगत्तै एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरुले पनि सरकार बिरोधी नाराबाजी सहित प्रदर्शन गरेका थिए । माओवादी कार्यकर्ताले सरकार बिरोधी चर्का नाराबाजी गरे भने हड्ताल बिरोधीहरुलाई कुण्डले मुण्डलेको संज्ञा दिए ।

हड्तालका पक्षधर र बिरोधी दुवै तर्फ बराबारी संख्यामा युवाहरुको सहभागिता रहेको थियो । प्रदर्शनमा उत्रिएका दुवै पक्षले हातमा दाउरा, काठ बोकेका थिए । झडपको सम्भाबना तिब्र भएको भन्दै प्रहरी र्सतकता बढाइएको थियो । दुवै पक्षले भोली पनि आफ्नो प्रदर्शन जारी रहने बताएकाछन् । (तस्बिरपनि सबै मनोजजीकै हुन्। मनोजजीलाई धेरै धन्याबाद। मनोजजी उताबाटकेहि नयाँ नौलो भए मिलेसम्म अपडेट गर्नुहोला है ? -ददि, नेपालप्लस)

तपाइँको प्रतिक्रिया