आजको वार्तापनि बिफल, आम हडताल जारी रहने
अपडेट-ओलीले वामदेवलाई कारवाही गराएरै छोड्ने-
एमाले अनुशासन कमिटीले वामदेव गौतमलाई उनले दिएको बिज्ञप्तीको बिरुद्दमा सचेत गराउँदै स्पष्ठिकरण लिने निर्णय गरेपनि नेता केपी ओलीले भने वामदेवलाई करवाही गरेरै छाड्ने अड्डि कसेका छन् । पार्टी अनुशासन तोडेको भन्दै उनलाई जसरि पनि कारवाही गर्नुपर्ने भन्ने उनले अडान दोहोर्याए ।
अपडेट- नझुक प्रधानमन्त्री: दश दल
आज बसेको दश दलको बैठकले प्रधानमन्त्री माधवकुमार नेपाललाई राजिनामा नदिन सुझाव दिएको छ । माओवादीको आम हडतालदेखि नडराउन र सरकार अझ कडाईका साथ प्रस्त्तुत हुन ढाडस दिएको हो । दश दलको यो निर्णयले आज साँझ बस्ने प्रमुख तिन दलको बैठकलाईपनि प्रभाव पार्ने छ। आज प्रमुख तिन दलबिच सहमती हुन सक्ने आशा फेरीपनि क्षिण देखिन्छ ।
अपडेट-सरकार भोलीदेखि झन कडा रुपमा प्रस्तुत हुने-
सरकार भोलीदेखि मओवादी बिरुद्द झन कडारुपमा प्रस्तुत हुने भएको छ । अहिले माओवादीको आम हडताल र सरकारको भाबी दिशाबारे निर्णय गर्न दश दलको बैठक प्रधानमन्त्री निवासमा बसिरहेको छ । सबै दश दलले नै सरकारलाई अझ कठोर रुपमा प्रस्तुत हुन दबाब दिने संभावना रहेको नेपालप्लस स्रोतले उल्लेख गरेको छ । अहिले दश दलको बैठक सकिएपछि साँझ माओवादी, एमाले र कांग्रेसको संयुक्त बैठक बस्दै छ ।
अपडेट-साँझ तिन दलबिच फेरी वार्ता-
अहिलेसम्म प्रमुख दलहरु आआफ्नै अडानमा भएपनि राजनितिक वार्ताको ढोका भने बन्द गरिसकेका छैनन् । आज साँझ प्रमुख दल (माओवादी, एमाले र कांग्रेस) बिच राजनितिक सहमतीका लागि फेरी वार्ता हुने भएको छ । तर स्रोतहरुले अबको वार्तामा पनि सहमती हुन सक्ने संकेत नदेखिएको उल्लेख गरेका छन् ।
अपडेट-बिरामी पर्न थाले माओवादी आन्दोलनकारीहरु-
आम हडताल शुरु भएको दुई दिनबाटै माओवादीका कार्यकर्ता तथा समर्थकहरु बिरामी पर्न थालेका छन् । राजधानीको फोहोर पानीका कारण उनीहरु बिरामी पर्न थालेका हुन् । अहिले गर्मी याम भएकाले राजधानीमा पानीको संकट झन बढि चुलिएर गएको छ र माओवादी कार्यकर्ताहरु झन दुषित पानी पिउन बाध्य छन् ।
अपडेट-वाम देव गौतमसित स्पष्ठीकरण लिने निर्णय-
एमालेको पार्टी अनुशासन कमिटीको आज बसेको बैठकले पार्टी उपाध्यक्षवामदेव गौतमसित स्पष्ठिकरण लिने निर्णय गरेको छ । देशको राजनितिक संकट समाधानका लागि माधव नेपाललेराजिनामा दिनुपर्ने भन्दै ६० जनाको हस्ताक्षर सहित अध्यक्ष झनालसमक्ष ज्ञापनपत्र बुझाएका वाम देव गौतमसित त्यसै विषयमा स्पष्ठिकरण लि ईने भएको हो ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
नेकपा (एमाओवादी) र एमाले बिच भएको वार्तापनि बिना कुनै सहमती भर्खरै भंग भएको छ । वार्तामा दुबै पक्षले आ आफ्ना अडान राखेका थिए । सहमतीको प्रयासका लागि माओवादीले पहिले आम हड्ताल फिर्ता लिनु पर्ने शर्त थियो एमाले अध्यक्ष झलनाथ खनालको । उता प्रचण्डको भने पहिले माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट राजिनामा दिनु पर्ने थियो




