आज दोस्रो दिनको आम हडताल कस्तो छ ?
प्रचण्ड-झलनाथ १ बजे र सुसिल र प्रचण्डबिच ४ बजे वार्ता
आजपनि अहिले सम्म कुनै अप्रिय घटना कतै देखिएको छैन । तर हिजोको वार्ता पनि असफल भएपछि र माओवादी अध्यक्ष प्रचण्डले आम हडताल अझै चर्काउनु पर्ने भयो भन्ने अभिब्यक्ति दिएपछि आज राजधानीको अवस्था अलि तातेको देखिन्छ । किनभने बैंक, संघसंस्था र सरकारी कार्यालयहरुलाई बन्द गर्न दबाब दिँदै गएका छन् माओवादीहरुले ।
समस्याको समाधान निस्किन्छ कि भन्दै एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्डबिच अहिले दिउँसो १ बजे बैठक राखिएको छ । छलफल केहि बेरमा शुरु हुँदै छ उनीहरुबिच ।
त्यसको लगत्तै चार बजे कांग्रेस कार्यबाहक सभापती शुसिल कोइराला र प्रचण्डबिच बार्ता तय गरिएको छ । तर आजको वार्ताबाट पनि कुनै पनि उपलब्धि हासिल हुने स्थिति र संकेत देखिन्न । किनभने आज हुने वार्तामापनि दुबै पक्ष आआफ्नै अडानमै कायम रहने संकेत छ । माओवादी लडाकूहरु आज देखि अलि आक्रामक हुने संकेत भने देखिँदै छ ।




