के के हुँदै छ आज काठमाडौंमा ?
अपडेट- आम हडताल अझै सशक्त बनाइने-
आज फेरी तिन प्रमुख दलबिच भएको वार्तामा कुनै सहमती नबनेपछि माओवादीले अबको आन्दोलन अझ सशक्त बनाउने उद्घोष गरेको छ । राजनितिक निकासकालागि आज भएको वार्ता कुनैपनि सहमतीमा नपुगेको मात्रै होइन कि एमाले र कांग्रेसले पुरै अडान दोहोर्याएको र सहमती कुनै हालतमा नहुने देखेको भन्दै माओवादीले आम हड्ताललाई भोलीदेखि अझ सशक्त बनाउने निर्णय गरेको हो ।
अपडेट- एमाले अध्यक्षले राजिनामा दिनुपर्छ – केपी ओली
एमालेका ६० जान नेताहरुले प्रधानमन्त्री माधव कुमार नेपालको राजिनामा मागेपछि एमालेका शक्तिशाली नेता केपी शर्मा ओलीले पार्टी अध्यक्ष झलनाथ खनालको राजिनामा मागेका छन् । राजिनामा माग्नेहरुले खनालकै मिलो मतोमा यसो गरिएको आरोप लगाउँदै उनले राजिनामा गर्नुपर्ने माग गरेका हुन् ।
अपडेट – राजधानी नछाड: भट्टराई
माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना कार्यकर्तालाई राजधानी नछोद्न आग्रह गरेका छन् ।पहिलो प्रदर्शनीको त्य्लनामा दोस्रो दिन कार्यकर्ताको भिड कम देखिएपछि उनले यस्तो आग्रह गरेका हुन् । उनले केहि दिनमै यो ‘कठपुतली’ सरकार ढल्ने हुँदा राजधानी नछोड्न आग्रहगरेका हुन् ।
अपडेट – देशैभरी प्रभाव- पहाडी भाग र उच्च पहाडी भाग बाहेक देशका अन्य भाग हडतालबाट प्रभावित बनेका छन् । स्कूल, क्याम्पस, पसल, उद्योग कलकारखाना खुलेका छैनन् । पहाडी भागपनि धेरै ठाउँमा प्रभावित बनेको छ ।
नेकपा (एकिक्रित माओवादी) का प्रवक्ता दिनानाथ शर्माले महिनौं हडताल गरेर भएपनि यो सरकारलाई मिलाउँछौं भनेको तिनदिनमै हुर्याउने भयौं भन्ने प्रतिक्रिया दिएका छन् । नेकपा (एमालेका) ६० नेताले आफ्नै प्रधानमन्त्रीको राजिनामा मागेपछि थप संकट उत्पन्न हुने आशाले त्यस्तो प्रतिक्रिया दिएको हुनसक्ने बाताइएको छ ।




